
Rbs
Bksbus5
Gsl
Csbus
Ratbs
Gsbus
Jsbus
Pbu
Syees
Ssbus
syysr
Nssbus7
gms
dsbus
Amb
Ddhbs

Rsb
nsb
Bbu
Rgs
Ssm
Vor
Sbs
Asm
Sls
Rgu
Tsm
Ggd
Ksm
Rgu
Bbbpu
Pvg
Hal
Wsp
Gst

bbt
Pls
Rpp
Abd
Jmb
Ptm
Syp
Mks
Bml
sab
Jmb
Gsb
Rmb
धनगढी । आसन्न २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि देशको अवस्था फेरिने आशा बोकेर भारतमा रोजगारी गरिरहेका हजारौँ नेपाली स्वदेश फर्कन थालेका छन् ।
निर्वाचन आउन डेढ साता बाँकी रहँदा धनगढीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक ठूलो संख्यामा नेपाली घर फर्किरहेका छन्। अधिकांशको एउटै अपेक्षा छ—अब स्वदेशमै रोजगारीको अवसर मिलोस् र परिवार छोडेर विदेश जानु नपरोस्।
सीमामा खटिएका सुरक्षाकर्मीका अनुसार त्रिनगर नाकाबाट मात्र दैनिक करिब दुई हजार नेपाली भित्रिरहेका छन्। भारतका विभिन्न सहरमा काम गरिरहेका उनीहरू छोटो बिदा लिएर मतदान गर्न आएको बताउँछन्। गत भदौमा भएको जनआन्दोलनपछि देशको राजनीतिक परिवेश बदलिएको भन्दै यसपटकको चुनावले केही सकारात्मक परिवर्तन ल्याउने आशा उनीहरूले व्यक्त गरेका छन्।
मुम्बईमा होटलमा कुकको काम गर्दै आएका धनगढी उपमहानगरपालिका–१४ फूलबारीका विक्रम विक एक वर्षपछि घर फर्किएका छन्। चुनावपछि पुनः काममा फर्कने योजना सुनाउँदै उनले मतदानसँगै परिवारसँग भेटघाट गर्ने अवसर मिलेको बताए । त्यस्तै,केरलामा कार्यरत कैलालीका प्रेम भण्डारी पनि मतदानका लागि बिदा लिएर घर आएका छन्। चुनावपछि देशको अवस्था सुध्रने अपेक्षा आफूले गरेको उनले बताए।
त्यस्तै उत्तरप्रदेशको गोरखपुरमा काम गर्दै आएका बझाङका २२ वर्षीय सुनील बोहरा सात वर्षदेखि भारतमा श्रम गर्दै आएका छन्। गरिबीका कारण सानै उमेरमा पढाइ छोडेर काममा लाग्नुपरेको उनले सुनाए। यसपटक पार्टीभन्दा काम गर्न सक्ने उम्मेदवार रोज्ने उनको भनाइ छ। “हामीजस्ता युवाले सामान्य कामका लागि विदेश जान नपरोस्,” उनले आग्रह गरे।
अछामका झुमाकान्त ढुंगाना पनि परिवर्तनको आशामा मतदान गर्न स्वदेश फर्किएका छन्। पुनामा सुरक्षा गार्डको काम गर्दै आएका उनी २० महिनापछि घर फर्किएका हुन्। उनीसँगै गाउँका करिब २० युवा पनि स्वदेश फर्किरहेका छन्। “न्यून तलब भए पनि स्वदेशमै काम पाइयोस्,” उनको माग छ । मतदानका लागि घर फर्कनेको संख्या बढेपछि गृह मन्त्रालयले सशस्त्र प्रहरी बललाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ। सीमास्थित सशस्त्र प्रहरीका अनुसार नाकामा सहज आवतजावतका लागि व्यवस्थापन मिलाइएको छ। अर्कोतर्फ, यही नाकाबाट दैनिक सयदेखि डेढ सय नेपाली रोजगारीकै सिलसिलामा भारत जाने क्रम पनि जारी छ।
सुदूरपश्चिम प्रदेशमा गरिबी र बेरोजगारीको दर अन्य प्रदेशभन्दा उच्च छ। तथ्यांकअनुसार प्रदेशमा गरिबी दर ३४.१२ प्रतिशत रहेको छ भने राष्ट्रिय औसत २०.२७ प्रतिशत छ। यद्यपि, भारतमा रोजगारी गरिरहेका नेपालीको यकिन तथ्यांक सरकारसँग उपलब्ध छैन । हरेक चुनावमा गरिबी न्यूनीकरण र रोजगारी सिर्जना गर्ने प्रतिबद्धता दोहोरिँदै आए पनि बाध्यता भने कायमै छ। यसपटकको निर्वाचनले परिवर्तन ल्याउने विश्वाससहित प्रवासी नेपाली मताधिकार प्रयोग गर्न घर फर्किरहेका छन् । देशखबर
