
gms
Gsbus
Csbus
Ssbus
Nssbus7
Ddhbs
Ratbs
Rbs
dsbus
Amb
Gsl
Pbu
Bksbus5
Jsbus

Bbbpu
Rsb
Wsp
nsb
Pvg
Asm
Rgs
Bbu
Gst
Tsm
Sls
Ksm
Rgu
Vor
Ggd
Sbs
Hal
Ssm
Rgu

Abd
Gsb
Bml
Syp
Rpp
Rmb
Mks
Ptm
sab
Pls
Jmb
Jmb
bbt
दाङ । नेपाल कम्युनिस्ट पार्टीका सदस्य तथा विभिन्न तहका जिम्मेवार प्रतिनिधिहरुले सामूहिक रुपमा पार्टी परित्याग गरेका छन्।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी स्थित डिलक्सिन होटल मौरीघाट मा आयोजित पत्रकार सम्मेलनमार्फत ४७ जनाले पार्टीबाट सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
त्यस्तै पत्रकार सम्मेलनमा वक्ताहरुले दाङ क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार तथा पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सुनाम) को पक्षमा उभिएको विषयलाई लिएर पार्टीले केन्द्र, प्रदेश, जिल्ला र पालिका तहसम्मका नेताहरूलाई पालैपालो कारबाही गरेको आरोप लगाए । उक्त कारबाहीप्रति असहमति जनाउँदै उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी स्वतन्त्र नागरिकको हैसियतमा अघि बढ्ने निर्णय गरेको बताएका छन् ।
राजीनामा घोषणा गर्दै उनीहरूले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीलाई चुनाव चिन्ह “आँप” मा मतदान गरी अत्यधिक मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरे । पार्टीभित्र विचार स्वतन्त्रता र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको निष्कर्षसहित आफूहरु बाध्य भएर सामूहिक रूपमा अलगिएको उनीहरुको भनाइ छ ।
सामूहिक राजीनामा दिने प्रमुख व्यक्तिहरु:
चित्रबहादुर थापा (लुम्बिनी प्रदेश सदस्य), नारायणी पोखरेल (उपाध्यक्ष),जगतबहादुर थापा (राप्ती गापा समिति सचिव),गञ्जबहादुर बिष्ट (जि.स.स),रणप्रसाद सुवेदी (जि.स.स), कृष्णप्रसाद सुवेदी,बसन्त गिरी (पूर्व कोषाध्यक्ष, गढुवा गापा), झग्गु प्रसाद अधिकारी (राप्ती गापा समिति सदस्य), माधव भुसाल (वाईसीएल लुम्बिनी प्रदेश सदस्य), चन्द्र चौधरी (राप्ती सचिवालय सदस्य), उमा चौधरी (राप्ती गापा सहसचिव),पदमबहादुर पाण्डे (राप्ती गापा–१ अध्यक्ष),छपेन्द्र बुढाथोकी,युवराज ज्ञवली तारा, झविन्द्र केसी,चेतमान परियार (वडा नम्बर ७ अध्यक्ष),ऋषिराम आचार्य,दीपक पुन,बिर्खबहादुर मोहोरा,नारायण पौडेल,बिन्दु घिमिरे,खड्गबहादुर बिक,शेरबहादुर परियार (कमिटी सल्लाहकार), हिमबहादुर,सोबिना सुनार,रङबहादुर सुनार (कमिटी सदस्य),बिन्दु खनाल,देवीराम ओली, शारदा आचार्य,विष्णु पोखरेल,माधव श्रेष्ठ (कमिटी सदस्य),भीमबहादुर थापा,युवराज थापा, धनबहादुर थापा मगर,मनोज दर्लामी,तनबहादुर दर्लामी,मनोज दर्लामी मगर,विष्णु कुँवर, कुलबहादुर बस्नेत, प्रकाश न्यौपाने (सल्लाहकार), गिरबहादुर थापा मगर,शंकर गौतम,बेगम हमाल, कमल गुरुङ, कमलबहादुर घिमिरे, गङ्गा गिरी (वडा कमिटी सदस्य) लगायत रहेका छन् ।
त्यस्तै उक्त घटनाले दाङ क्षेत्र नम्बर १ को राजनीतिक समीकरणमा नयाँ तरंग पैदा गरेको छ । आगामी निर्वाचनमा यसको प्रभाव कस्तो पर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

