
gms
Ratbs
Nssbus7
Gsbus
Bksbus5
dsbus
Jsbus
Rbs
Pbu
Gsl
Ddhbs
Amb
Ssbus
Csbus

Pvg
Rgu
Bbbpu
Ggd
Wsp
Ssm
Ksm
nsb
Gst
Hal
Sbs
Tsm
Bbu
Rgu
Asm
Rsb
Sls
Vor
Rgs

Gsb
Pls
Jmb
sab
Rpp
Rmb
Abd
Bml
Mks
Ptm
Jmb
Syp
bbt
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, देउपुरमा रहेको देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयकाे १८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय तथा आवासीय विद्यालय एसोसिएसन नेपालका राष्ट्रिय अध्यक्ष सुबास न्यौपानेले शिक्षा बिना देश विकासको परिकल्पना गर्नु दिवासपना मात्र हुने धारणा व्यक्त गरेका छन् । उनले गाँस, बास र कपासपछि मानव जीवनको चौथो अपरिहार्य आवश्यकता शिक्षा भएको उल्लेख गर्दै राष्ट्रको समृद्धि र सभ्य समाज निर्माणका लागि शिक्षा क्षेत्रमा राज्यले दीर्घकालीन लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए ।
“देशलाई समुन्नत बनाउने हो भने शिक्षामा लगानी बढाउनुको विकल्प छैन,” न्यौपानेले भने, “शिक्षित, संस्कारी, अनुशासित र आध्यात्मिक नागरिक निर्माण भए मात्र राष्ट्रले सही दिशा समात्छ।” उनले पछिल्लो समय देखिएका सामाजिक र राजनीतिक चुनौतीहरूको मूल कारण शिक्षाको अभाव रहेको उल्लेख गर्दै नीति निर्माण तहमा रहेका नेतृत्वलाई शिक्षा क्षेत्रप्रति संवेदनशील बन्न आग्रह गरेका छन् ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष रतनकुमार केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा प्रबन्धक भू–माण्डव केसीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विगत एक वर्षमा शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार विस्तार, सह–पाठ्यक्रम गतिविधि तथा विद्यार्थी केन्द्रित कार्यक्रमहरू उल्लेखनीय रूपमा अघि बढेको जानकारी दिए । विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यलाई प्राथमिकतामा राखेर शैक्षिक वातावरण सुदृढ गर्दै आएको उनको भनाइ थियो ।
कार्यक्रममा लमही नगरपालिकाका संस्थापक नगर प्रमुख कुलबहादुर केसीले शिक्षा क्षेत्रको विकासमा निजी र सामुदायिक विद्यालयबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । उनले स्थानीय तहले शिक्षा सुधारका लागि नीतिगत पहल गरिरहेको बताउँदै विद्यालयहरूलाई गुणस्तर अभिवृद्धितर्फ उन्मुख हुन आग्रह गरे। चैतन्य पाठशालाका प्रबन्ध निर्देशक डा. जीवराज आचार्यले शिक्षाले व्यक्तित्व विकाससँगै सामाजिक उत्तरदायित्वको भावना जगाउने बताउँदै विद्यार्थीहरूलाई ज्ञानसँगै नैतिकता र संस्कार सिकाउनु आजको आवश्यकता भएको धारणा व्यक्त गरे ।
प्याप्सन लमहीका अध्यक्ष नारायण भुसालले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै राज्यसँग सहकार्य गरेर शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।
नेशनल प्याप्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश कुमार शर्माले शिक्षा क्षेत्रको रूपान्तरणका लागि शिक्षक, अभिभावक र विद्यालयबीच सहकार्य अपरिहार्य रहेको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले शिक्षा र सूचना प्रवाहबीचको सम्बन्धबारे चर्चा गर्दै शिक्षित समाजले नै स्वस्थ लोकतन्त्रलाई मजबुत बनाउने धारणा व्यक्त गरिन् ।
कार्यक्रममा विद्यार्थी निलम डाँगीले विद्यार्थीहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै विद्यालयले दिएको अवसर र मार्गदर्शनले आफूहरूलाई भविष्यप्रति आशावादी बनाएको बताइन् । उनले शिक्षालाई जीवन परिवर्तनको माध्यमका रुपमा ग्रहण गर्न सहपाठीहरुलाई आग्रह गरिन् । विद्यालय प्रशासनले आगामी दिनमा सूचना प्रविधिमैत्री शिक्षा, प्रयोगात्मक सिकाइ र नैतिक शिक्षालाई प्राथमिकता दिने योजना सार्वजनिक गरेको छ। विद्यालयले विद्यार्थीहरुलाई प्रतिस्पर्धी मात्र होइन, जिम्मेवार नागरिकका रुपमा तयार पार्ने लक्ष्य राखेको जनाएको छ ।
अभिभावक दिवसको अवसरमा अभिभावकहरुले विद्यालयको प्रगति र शैक्षिक वातावरणप्रति सन्तुष्टि व्यक्त गरेका थिए । उनीहरुले विद्यालयले बालबालिकाको सर्वांगीण विकासमा सकारात्मक भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै प्रयास निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरे। समग्रमा, देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयको १८ औँ वार्षिकोत्सवले शिक्षा, संस्कार र सहकार्यको सन्देश प्रवाह गर्दै समाजमा सकारात्मक ऊर्जा फैलाएको छ । शिक्षा नै राष्ट्र निर्माणको आधार हो भन्ने सन्देशलाई पुनः स्थापित गर्दै कार्यक्रमले विद्यार्थी, अभिभावक र समाजलाई एकै सूत्रमा बाँध्ने काम गरेको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । परम्परागत नृत्य, आधुनिक नृत्य तथा समूह गायनले कार्यक्रमलाई आकर्षक बनाएको थियो। थारु गायक दोषहरण चौधरीको सांगीतिक प्रस्तुति विशेष आकर्षणको केन्द्र बनेको थियो । सांस्कृतिक कार्यक्रमले स्थानीय संस्कृति र पहिचानलाई उजागर गर्दै उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । शिक्षक मोहनलाल घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन अनुशासन संयोजक कुबेर गिरीले गरेका थिए ।
