
Pbu
Gsl
Nssbus7
dsbus
Jsbus
Bksbus5
Gsbus
Csbus
Ssbus
gms
Amb
Ddhbs
Ratbs
Rbs

Ssm
Hal
Tsm
Bbu
Sbs
Ggd
Wsp
Bbbpu
nsb
Rgs
Ksm
Rgu
Pvg
Gst
Rsb
Vor
Rgu
Sls
Asm

Jmb
Ptm
Gsb
bbt
Rmb
Abd
Bml
sab
Mks
Jmb
Pls
Rpp
Syp
तनहुँ । नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालले अब राति पनि काम गर्ने बताएका छन् ।
दमौलीमा भएको सभामा सम्बोधन गर्दै शर्माले अबको १०-१५ वर्षमा मुलुकलाई समुन्नत बनाउन राति पनि काम गर्ने बताएका हुन् । उनले भने, ‘विगतमा जेजस्तो कमजोरी देशमा भए त्यसको दोष हामी अरुलाई थोपरेर उम्किन चाहन्नौँ । जे जति राम्रा काम भए त्यसको श्रेयको ठुलो भाग दाबी पनि हामी नै गर्छौं । अनि अब राति पनि काम गर्नेछ नेपालको उद्घोष हामी नै गर्छौं । अबको दशक र डेढ दशकमा मुलुक समुन्नत बनाउने संकल्प र सपनालाई हामी पूरा गर्नेछौँ ।’
त्यस्तै उनले पुँजीगत बजेट बितेको ६ महिनामा १६ प्रतिशतभन्दा कम हुनु दुःखद अध्याय भएको भन्दै यस्तो स्थितिको अन्त्य गर्न कांग्रेसले आवश्यक कानुनी व्यवस्था, संरचनागत सुधार र तीन सिफ्टमा काम गर्ने पद्धति र संस्कृतिको विकास गर्ने पनि बताए । उपसभापति शर्माले भने, ‘धनी देश बेलायतले राति पनि पुल र बाटो बनाउने काम गर्छ, गरिब देश नेपाल सूर्य अस्त नेपाल मस्त किन ? २४ घण्टामा ३ वटा ८ घण्टा हुन्छन्, अब हामीले भौतिक पूर्वाधार निर्माणको काम तीन वटै चरणमा ८ घण्टाको उपयोग गरेर अघि बढाउनुपर्छ ।’रातोपाटी
