
Pbu
Gsl
Ssbus
Csbus
Gsbus
Jsbus
dsbus
Ddhbs
Rbs
gms
Nssbus7
Amb
Bksbus5
Ratbs

Rgs
Wsp
Vor
Tsm
Hal
Sls
Sbs
Rgu
Bbbpu
Pvg
Ggd
Ksm
nsb
Rsb
Gst
Rgu
Bbu
Asm
Ssm

Pls
Jmb
Mks
Abd
Bml
Syp
Jmb
Gsb
Rmb
Rpp
bbt
sab
Ptm
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर –२ मटेरियास्थित सोमईथान एलएच एकेडेमी राजपुरको १७औँ वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगिता पाण्डेयको अध्यक्षता तथा ज्ञान ज्योति फाउण्डेशनका अध्यक्ष टिका बहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसीले मेहनत र निरन्तरताले सफलता दिलाउने उल्लेख गर्दै विद्यालयको प्रगति प्रशंसनीय रहेको बताए । “गरे हुन्छ, छरे फल्छ र पाक्छ भन्ने जस्तै मिहिनेत गरे अवश्य फल पाइन्छ,” भन्दै उनले सुरुमा ९० विद्यार्थीबाट सञ्चालन भएको विद्यालयमा हाल ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत हुनु अभिभावकको विश्वास र विद्यालयको परिश्रमको परिणाम भएको बताए । आफूले स्थापना गरेको संस्थामा पनि १८ विद्यार्थीबाट सुरु गरी करिब १० वर्षमा ३५० विद्यार्थी पुर्याएको अनुभव सुनाउँदै निरन्तर मेहनत,गुणस्तरीय शिक्षा र अभिभावकको मन जित्दै अघि बढ्न सुझाव दिए ।
१७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगिता पाण्डेयले विद्यालयले शैक्षिक विकाससँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको बताइन् । वार्षिकोत्सवको अवसरमा विद्यालयले गरिब, दुःखी तथा असहाय व्यक्तिहरुलाई सेवा प्रदान गर्दै आएको निल सागर सेवा आश्रमलाई आर्थिक सहयोग गरिएको जानकारी दिँदै उनले समुदायसँग सहकार्य गर्दै विद्यालयलाई अझ उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै अतिथि वक्ताहरुले विद्यालयले शिक्षा,अनुशासन र सामाजिक सेवामा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा थप प्रगति गर्न शुभकामना व्यक्त गरे । वर्तमान अवस्था सामुदायिक तथा संस्थागत सम्पूर्ण विद्यालयहरुले गुणस्तरीय र ब्यवहारिक शिक्षा दिन आवश्यक रहेको र त्यस तर्फ जोडदिनु पर्ने बताएका थिए ।
विद्यालयले वार्षिक उत्सवको अवसरमा वर्षकै उत्कृष्ट शिक्षक,विद्यार्थी,कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी,विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी तथा शिक्षक लगायतलाई सम्मान समेत गरेको थियो ।
सोमईथान एलएच एकेडेमी राजपुरको १७औँ वार्षिकोत्सव कार्यक्रम शिक्षक प्रभु राम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण शिक्षक जिवन भुषालले गरेका थिए ।
