
Rbs
Gsbus
Ssbus
gms
Amb
Pbu
Bksbus5
Ratbs
Nssbus7
Gsl
Csbus
dsbus
Jsbus
Ddhbs

Tsm
Sls
Vor
Rgu
Gst
Bbu
Wsp
Pvg
Rgu
Asm
Ggd
Rsb
Bbbpu
Hal
Rgs
nsb
Ksm
Sbs
Ssm

Syp
bbt
Gsb
Bml
sab
Abd
Rmb
Jmb
Mks
Rpp
Ptm
Jmb
Pls
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको देउखुरी पब्लिक इङलिस सेकेण्डरी स्कुल लमहीको खेलकुद सप्ताह कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विद्यालयका अतिरिक्त क्रियाकलाप समितिका संयोजक कुबेर गिरीको अध्यक्षता तथा विद्यालय संचालन समितिका अध्यक्ष रतन कुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा माघ १८ गतेदेखि २३ गतेसम्म संचालन भएको विद्यालय स्तरीय खेलकुद सप्ताह कार्यक्रम मार्फत विजेता विद्यार्थी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिको हो ।
गुणस्तरीय शिक्षा संगै व्यवहारिक ज्ञान र खेलकुद लगायत अन्य विभिन्न कला,संस्कार प्रदान गर्ने उदेश्यका साथ विद्यालयले आफ्नो वार्षिक अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तरगत सम्पन्न भएको खेलकुद सप्ताहका विजेता खेलाडीहरुलाई प्रमुख अतिथि,विशेष अतिथि र अतिथिहरुले प्रमाणपत्र,मेडल र पुरस्कार प्रदान गरिएको छ ।
एक हप्तासम्म संचालन भएको खेलकुद कार्यक्रममा फुटबल,दौड, एथलेटिक्स लगायत विभिन्न खेलहरु खेलाइएको थियोे भने अभिभावकहरुको लागि कुर्सी दौड र शिक्षकहरुलाई घैता फोड प्रतियोगिता खेलाइएको थियो । त्यस्तै विजेता अभिभावक र शिक्षकहरुलाई पनि पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
त्यस्तै उक्त कार्यक्रमबाट विद्यालयका प्रधानाध्यापक भू-माण्डप केसीले विद्यालयले शैक्षिक शत्र २०८२ सालमा गठन गरेको अतिरिक्त क्रियाकलाप समितिलाई विघटन गरेका छन् । प्रत्येक शैक्षिकसत्रको अन्त्यमा पुरानो समितिलाई विघटन गरेर नयाँ शैक्षिकसत्र पस्च्यात समिति गठन गरिने प्रावधान अनुरुप ८२ सालमा गठन भइ हालसम्म संचालन रहेको समितिलाई विघटन गरिएको प्रधानाध्यापक केसीले जानकारी दिए । उनका अनुसार अब शैक्षिकसत्र २०८३ पछि नयाँ समिति गठन हुनेछ । त्यसपछि उक्त समितिले शैक्षिक क्यालेन्डर अनुसार आफ्नो कार्यक्रम अघि बढाउने प्रधानाध्यापक केसी बताए ।
त्यस्तै विद्यालयले यहीँ आउँदै गरेको फागुन महिनाको ६ गते आफ्नो वार्षिकोत्सब कार्यक्रम मनाउन लागेको हुँदा उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण अतिथि,अभिभावक लगायत विभिन्न सरकारी तथा गैरसरकारीका प्रतिनिधिलाई अनुरोध समेत विद्यालयका प्रधानाध्यापक केसीले अनुरोध गरेका छन् ।
कार्यक्रममा एन प्याब्सन लमही नगरका अध्यक्ष भक्त खनाल लगायत अतिथिहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन विद्यालयकि शिक्षाका तुलसी खत्री महराले गरेकी थिइन् ।

