
Pbu
Gmk
Ksm
Gisld
Sds
Rbs
mbd
Anm
Mbdvs

Rgs
Wsp
Asm
Sbs
Ksm
Rsb
Vor
Bbbpu
Gst
Tsm
Bbu
Rgu
nsb
Pvg
Sls
Rgu
Ssm
Hal
Ggd

Syp
bbt
Abd
Rpp
Mks
Gsb
Jmb
Rmb
Bml
Ptm
Jmb
Pls
sab
दाङ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का उम्मेदवार योगेन्द्र चौधरीले घरदैलो अभियानलाई तिब्र पारेका छन ।
शुक्रबार घोराही उपमहानगर पालिका वडा नम्बर १,२,३मा ‘चौधरीले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै मतदाताको राय सल्लाह, सुझाव लिए । यसैगरी उनले मतदाता समक्ष आफ्ना चुनावी एजेन्डा र भावी योजनाबारे जानकारी दिए । मतदातालाई सम्बोधन गर्दै उनले आफू सुसासन , एकता,सद्भाव र विकासको स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताए ।
तेस्तै क्षेत्र नम्बर एकका प्रचारप्रसार संयोजक जानकीलाल बस्नेतले नेपाली काङ्ग्रेस चुनावी मैदानमा युवाहरुको मनोभावना सम्बोधनका लागि होमिएको बताए ।”जनता कत्तिपनि बिचल्लित हुनुपर्ने अवस्था छैन,समयको मागसंगै युवा नेतृत्वले नै देशलाई सही दिशामा लैजान सक्छ। त्यसैले म सम्पूर्ण आम मतदातालाई युवा नेतृत्वलाई साथ र सहयोग गर्न अनुरोध गर्दछु ।”- सम्योजक बस्नेतले भने ।
मतदाताको राय सल्लाह सुझावका क्रममा दाङ काङ्ग्रेस क्षेत्र नम्बर १ का सभापति भेष राज पान्डेले काङ्ग्रेस आज मुलुकको आवश्यकता सम्बोधनका निम्ति परिमार्जित भएको बताए ।”काङ्ग्रेस आज रुपान्तरण भएर परिमार्जित अवस्थामा पुगेको छ,यहीँ परिमार्जित नेतृत्वले मात्र देशलाई सही दिशामा लैजान सक्छ । योगेन्द्र चौधरीज्यू युग सुहाउँदो सोच,स्पष्ट विचार र आवश्यक योग्यताले सम्पन्न उम्मेदवार हुनुहुन्छ”- पान्डेले भने ।
दाङ क्षेत्र नम्बर १ का उम्मेदवार योगेन्द्र चौधरी संविधान सभा सदस्य पनि हुन् । मतदाता बिच पुगेर उनले आफ्नो कार्यकालमा अस्पताल, खानेपानी,तटबन्ध र बिजुली जस्ता आधारभूत सुविधाको सुरुवात गरिएको स्मरण गराउँदै उनले व्यवस्थित बस्ती विकासप्रति आफू प्रतिबद्ध रहेको बताए ।
