
Nssbus7
Csbus
Ddhbs
Bksbus5
Ssbus
dsbus
Rbs
Gsbus
Ratbs
Amb
gms
Jsbus
Pbu
Gsl

Bbu
Wsp
Hal
Tsm
Vor
Rgu
Bbbpu
nsb
Ssm
Rgu
Ksm
Rgs
Ggd
Sbs
Pvg
Gst
Sls
Asm
Rsb

Syp
sab
Pls
Rmb
Ptm
Rpp
bbt
Mks
Bml
Jmb
Gsb
Abd
Jmb
दाङ । आगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दाङ जिल्ला क्षेत्र नं. १ का तत्कालीन लुम्बिनी प्रदेश सदस्य श्यामेस चौधरीलाई पार्टीबाट निष्कासन गरेको छ।
नेकपा लुम्बिनी प्रदेश कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, दाङ क्षेत्र नं. १ मा पार्टीका आधिकारिक उम्मेदवार क. मेटमणी चौधरीलाई असहयोग गर्दै पार्टी हितविपरीत गतिविधि गरेको ठहर भएपछि श्यामेस चौधरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको हो।
विज्ञप्तिमा उल्लेख भएअनुसार,श्यामेस चौधरीले पार्टीले कारबाही गरिसकेको स्वतन्त्र उम्मेदवार कुल प्रसाद के.सी. (सोनाम) लाई सहयोग गरेको, पार्टीको चुनावी कार्यक्रमलाई प्रभावित हुनेगरी अनुशासनहीन क्रियाकलाप गरेको आरोप छ । यस किसिमका गतिविधिले पार्टीको नीति, सिद्धान्त र संगठनात्मक अनुशासनमा गम्भीर असर पुगेको ठहर गर्दै कारबाही गरिएको जनाइएको छ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश कार्यालयका इन्चार्ज चक्रपाणी खनाल (बलदेव) द्वारा जारी विज्ञप्तिमा पार्टीको निर्णय तत्काल कार्यान्वयनमा आएको स्पष्ट पारिएको छ। पार्टीले आगामी दिनमा अनुशासन, एकता र संगठन सुदृढीकरणलाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । पार्टी नेतृत्वले निर्वाचनको संवेदनशील समयमा कुनै पनि किसिमका पार्टी हितविपरीत गतिविधि सह्य नहुने स्पष्ट सन्देश दिएको छ ।
