
gms
Pbu
Ssbus
Csbus
Rbs
Gsl
dsbus
Bksbus5
Amb
Ratbs
Ddhbs
Nssbus7
Jsbus
Gsbus

Ksm
Pvg
Bbbpu
Rgs
Asm
Sbs
Hal
nsb
Bbu
Rgu
Ggd
Rsb
Gst
Ssm
Wsp
Tsm
Vor
Rgu
Sls

Rpp
Pls
Syp
Mks
Gsb
Ptm
Abd
Bml
Jmb
sab
Rmb
bbt
Jmb
दाङ । देउखुरी पब्लिक सेकेण्डरी स्कुलको खेलकुद सप्ताह आइतबारदेखि सुरु भएको छ ।
लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको स्कुलले आज एक कार्यक्रमको आयोजना गरि वृहत खेलकुद सप्ताहको उद्घाटन गरिएको हो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कुबेर गिरीको अध्यक्षता तथा विद्यालय संचालन समितिका अध्यक्ष रतन कुमार केसीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि केसीले खेलकुद भनेको जन्मदा दिनदेखि खेलिने बताएका छन् । उनले भने,खेलकुद भनेको बच्चा जन्मिसकेपछि आमाको दुध खान र बाच्नका लागि रुनुपनि खेल रहेको बताए ।
त्यस्तै केसीले घरमा सानो हुँदा चलाकीपूर्ण दाजुभाइ, दिदीबहिनीलाई ठगेर आफुले मिठो खानेकुरा खानुपनि खेल रहेको विद्यार्थीलाई भने । यस्तै उनले भने,स्कुलमा आएर पढ्दा साथीलाई जित्नुपर्छ । कहिँ फाइट पर्यो भने जित्नु पनि खेल हो,केसीले भने ।
यस्तै उनले स्कुलमा मात्र जितेर हुँदैन,जिल्ला स्तर र राष्ट्रिय स्तर हुँदै भविष्यमा अन्तर्राष्ट्रिय स्तरको खेलाडी बन्ने गरि खेलमा ध्यान दिएर खेल खेल्न सम्पूर्ण विद्यार्थी खेलाडीलाई आग्रह गरे ।
त्यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केसीले आजदेखि निरन्तर ६ दिनसम्म वृहत् रुपमा विद्यालय स्तरीय खेलकुद कार्यक्रम संचालन हुने बताएका छन् । उनले भने आजदेखि कुनैपनि विद्यार्थीले किताब लिएर आउने छैनन् । खेललाई भव्यसभ्यका साथ संचालन गरिने बताए ।
हामीले विभिन्न खेल खेलाउनका लागि शिक्षक र खेल प्रशिक्षकहरुलाई जिम्मेवारी दिएका छौं । खेलमा सबै विद्यार्थीहरु सहभागी भएर आफ्नो कला प्रदर्शन गर्न उनले विद्यार्थीलाई आग्रह गरे ।
यस्तै उनले खेलमा अनुशासित भएर खेल खेल्न पनि आग्रह गरे । खेलमा हारजित हुन्छ । हारलाई जितको रुपमा लिएर अघि बढ्न सम्पूर्ण विद्यार्थी खेलाडीलाई अनुरोध गरेका छन् । निरन्तर एक हप्तासम्म चल्ने खेलमा विभिन्न खेलहरु खेलाइने प्रधानाध्यापक केसीले जानकारी दिए ।
विद्यालयका भ्वाइस क्याप्टेन निलम डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेशनल प्याब्सन लमहीका अध्यक्ष भक्त बहादुर खनाल,पत्रकार मेगमन बुढा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन विद्यालयकि शिक्षिका तुलसी खत्री महराले गरेकी थिइन् ।

