
Dus
Lks
Jns
Usb
Rgp
Ggp
Rgp
Rgp
Ggp
lnp
ksb
Lnp
Asb
Rgp
Sgp

lms

कपिलवस्तु । कपिलवस्तुको जनता आविमा बिहिवार नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ,छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको प्राबिधिक सहयोग तथा शिवराज नगरपालिकाको आर्थिक सहयोगमा शिवराज- २ मा रहेको जनता आधारभूत विद्यालय, मद्रहवामा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएकाे हाे ।
नेत्र सहायक प्रस्तोता बेल्बासेको नेतृत्वमा गएको टाेलिले ३०० जनाको आँखा जाँच गरिएका हाे । जसमध्ये ५० जनामा मोतिबिन्दु देखिएको छ । उक्त छनोट गरिएका बिरामीहरुलाई अस्पतालमा लगि निःशुल्क शल्यक्रिया गरिने अस्पताल प्रशासनले जनाएको छ ।
त्यस्तै १ सय ४० जनालाई नजिकको दृष्टि क्षमता सुधारका लागि निःशुल्क चश्मा पनि वितरण गरिएको बाह्य कार्यक्रम संयोजक हरि बहादुर भण्डारीले जानकारी दिए ।

