
Nssbus7
Ratbs
Csbus
Rbs
Gsl
Ssbus
Ddhbs
Gsbus
Pbu
Jsbus
dsbus
Amb
Bksbus5
gms

Ggd
Gst
Ssm
Bbbpu
Vor
Asm
Rgu
Ksm
Tsm
nsb
Rsb
Bbu
Rgs
Hal
Rgu
Wsp
Sls
Sbs
Pvg

Ptm
bbt
Abd
Jmb
sab
Jmb
Syp
Mks
Gsb
Rpp
Pls
Rmb
Bml
दाङ । राप्ती गाउँपालिका वडा नम्बर–४ नयाँगाउँमा रहेको जनज्योति आधारभूत विद्यालयको ४१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुकुम बहादुर बस्नेतको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै अध्यक्ष बिष्टले अहिलेका बालबालिकालाई शिक्षासँगसँगै संस्कार दिनु अत्यावश्यक रहेको बताए । उनले बालबालिकालाई नैतिकता,अनुशासन र सामाजिक मूल्य मान्यतासहितको शिक्षा दिन सके मात्र जिम्मेवार नागरिक तयार हुने उल्लेख गरे ।
अध्यक्ष बिष्टले शैक्षिक गुणस्तर सुधारमा अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउँदै अभिभावकहरु नियमित रुपमा विद्यालयमा आएर आफ्ना बालिकाकाे बारेमा जानकारी लिनुपर्नेमा जोड दिए ।
उनले शिक्षक समाज रुपान्तरण गर्ने मुख्य आधार भएको उल्लेख गर्दै शिक्षकको भूमिका कक्षाकोठामा मात्र सीमित नरहेको बताए । शिक्षकले विद्यार्थीलाई ज्ञानसँगै जीवनोपयोगी सीप र मूल्य प्रदान गर्नुपर्ने उनको भनाइ थियो । साथै विद्यालयको शैक्षिक उपलब्धि शतप्रतिशत बनाउने लक्ष्यसहित सबै पक्ष एकजुट भएर लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष चौधरीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षक,अभिभावक र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताए । उनले गुणस्तरीय र अनुशासित शिक्षाले मात्र समृद्ध समाज निर्माण हुने उल्लेख गरे ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले आधारभूत तहको शिक्षा नै समग्र शिक्षाको जग भएकाले यस तहमा गुणस्तर कायम गर्न सबैले ध्यान दिनुपर्ने बताए । उनले शिक्षकको लगनशीलता र अभिभावकको सक्रिय सहभागिताले विद्यालयले अपेक्षित सफलता हासिल गर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा उत्कृष्ट शिक्षक,उत्कृष्ट विद्यार्थी तथा उत्कृष्ट अभिभावकलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक लोकेन्द्र केसीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा वडा नम्बर ४ को कार्यालयले ६६ जना दलित तथा विपन्न विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको थियो । साथै समाजसेवी मता केसीले विद्यार्थीको हितका लागि ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।
कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष वीर बहादुर चौधरी,अक्षयकोष दाता मता केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयकी शिक्षिका मिना ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षक,विद्यार्थी, अभिभावक तथा शिक्षा प्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण शिक्षक प्रेम प्रसाद गौतमले गरेका थिए ।
