
Gsbus
Jsbus
Gsl
Ddhbs
gms
Ratbs
Csbus
dsbus
Bksbus5
Rbs
Pbu
Ssbus
Nssbus7
Amb

Sbs
Rsb
Hal
Ksm
Ggd
Rgu
Sls
Rgs
Vor
Tsm
Wsp
Bbu
Pvg
Asm
Gst
nsb
Rgu
Ssm
Bbbpu

Abd
Bml
Jmb
Rpp
Rmb
Mks
Pls
bbt
Syp
Gsb
Jmb
Ptm
sab
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भइसकेपछि देउखुरीको पूर्वाधार विकासलाई लिएर बहस चर्किरहेका बेला पूर्व शहरी विकासमन्त्री मेटमणि चौधरीले यहाँ विमानस्थल निर्माण अपरिहार्य भइसकेको बताएका छन् ।
राजधानीको हैसियत,भौगोलिक उपयुक्तता र क्षेत्रीय पहुँचलाई आधार मान्दै उहाँले देउखुरीमा विमानस्थल निर्माण सम्भव मात्र नभई अब आवश्यकताको विषय भइसकेको दाबी गरेका हुन् ।
बिहीबार दाङको लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट दाङ क्षेत्र नं. १ का उम्मेदवार समेत रहेका चौधरीले देउखुरी छिमेकी जिल्लाका लागि पनि पायक पर्ने क्षेत्र भएकाले विमानस्थल विकास अब आफ्नो प्रमुख एजेन्डा भएको स्पष्ट पारे । उनले भने, ‘देउखुरी राजधानी हो । छिमेकी जिल्लाका लागि पनि पायक पर्छ । अब मेरो एजेन्डामध्ये विमानस्थल पनि पर्छ । यो गज्जबले सम्भव छ ।’
लमही–गढवा सडकखण्डअन्तर्गत राप्ती पुलदेखि पूर्वतर्फ फैलिएको बगर क्षेत्रमा प्रशस्त जग्गा उपलब्ध रहेको उल्लेख गर्दै उनले उक्त क्षेत्र विमानस्थल निर्माणका लागि उपयुक्त रहेको औँल्याए । आफू शहरी विकासमन्त्री रहँदा शिक्षा क्षेत्र र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्था र कार्यान्वयनमा पहल गरेको स्मरण गराउँदै चौधरीले अब सेवा विस्तारमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे । विगतमा गरेका कामकै कारण यसपटकको निर्वाचनमा आफू जितको नजिक रहेको उनको दाबी थियो ।
देउखुरी स्वास्थ्य सेवाको हिसाबले पछाडि रहेको स्वीकार गर्दै उम्मेदवार चौधरीले लमहीमा संघीय सरकार अन्तर्गत रहने गरी सेवा विस्तारसहितको ट्रमा सेन्टर स्थापना तथा भालुवाङमा विशेषज्ञ सेवासहितको आधुनिक अस्पताल निर्माणलाई प्राथमिकतामा राखिने बताए ।
विगतमा सम्पन्न गरिएका कामको विस्तृत तथ्यांक र बजेट सार्वजनिक गर्दै उनले आगामी योजनासमेत प्रस्तुत गरे । यसका आधारमा आफू निर्वाचन जितको नजिक पुगेको उनको भनाइ थियो । चुनाव प्रचार–प्रसार समितिका संयोजक अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य इन्द्रजित थारु,दामा शर्मा,वीरबहादुर केसी,सुदन खनाल, रामप्रसाद घिमिरे लगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण पत्रकार चुमा आचार्यले गरेकी थिइन् ।

