
Lks
Rgp
Rgp
Ggp
Rgp
Jns
lnp
Dus
Asb
Ggp
Usb
ksb
Sgp
Lnp
Rgp

lms

सल्यान । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पालना गर्ने सल्यानका क्रियाशील दलहरुले प्रतिबद्धता जनाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सल्यानले बुधबार खलंगामा आयोजना गरेको निर्वाचन लक्षित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा सहभागी दल एवं उम्मेदवारहरुले आचारसंहिता पूर्णरुपमा पालना गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
त्यस्तै निर्वाचन आचारसंहिताको पुर्णरुपमा पालना गर्ने, समय तथा स्थान जुध्ने गरी निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन नगर्ने र कार्यक्रमबारे नजिकैको सुरक्षा निकायमा जानकारी गराउने प्रतिबद्धतासमेत उनीहरुले गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा जानकारीमा सभा सम्मलेन गर्न दलहरू सहमत भएका छन् । बैठकमा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने उनीहरुले प्रतिबद्धता जनाए ।
यस्तै मुख्य निर्वाचन अधिकृत तथा आचारसंहिता अनुगमन समितिका संयोजक प्रल्हादकुमार योगीले निर्वाचन आचारसंहिता निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि बनाइएको भन्दै यसको पालना सबै राजनीतिक दल र उम्मेदवारको दायित्व भएको बताए । उनले आचारसंहिता उल्लंघन भएको पाइएमा कानुनबमोजिम कारवाही गरिने स्पष्ट पार्दै निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी सबैको साझा रहेको उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्नु प्रशासनको प्राथमिकता रहेको बताए । उनले निर्वाचन आचारसंहिता पालना नगरेमा कारवाहीको दायरामा ल्याइने चेतावनी दिदै दल तथा उम्मेदवारलाई जिम्मेवार र मर्यादित व्यवहार गर्न आग्रह गरे ।
जिल्ला निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सबैका लागि समानरूपमा लागु हुने बताए । उनले प्रचार–प्रसार, सभा–समारोह, खर्च व्यवस्थापनलगायतका विषयमा आयोगको निर्देशन कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख,पत्रकार लगायतको सहभागिता थियो । यही माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भइसकेको छ ।नयाँयुगबोध
