
Jsbus
dsbus
Gsbus
Pbu
Ssbus
Nssbus7
Csbus
Rbs
Bksbus5
Ddhbs
Ratbs
Gsl
Amb
gms

Bbu
Asm
Gst
Rsb
Ssm
Sls
Hal
nsb
Rgs
Ggd
Rgu
Rgu
Pvg
Vor
Tsm
Ksm
Wsp
Sbs
Bbbpu

bbt
Ptm
Abd
Syp
Bml
Gsb
Mks
Rpp
Jmb
sab
Rmb
Jmb
Pls
सल्यान । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पालना गर्ने सल्यानका क्रियाशील दलहरुले प्रतिबद्धता जनाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सल्यानले बुधबार खलंगामा आयोजना गरेको निर्वाचन लक्षित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा सहभागी दल एवं उम्मेदवारहरुले आचारसंहिता पूर्णरुपमा पालना गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
त्यस्तै निर्वाचन आचारसंहिताको पुर्णरुपमा पालना गर्ने, समय तथा स्थान जुध्ने गरी निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन नगर्ने र कार्यक्रमबारे नजिकैको सुरक्षा निकायमा जानकारी गराउने प्रतिबद्धतासमेत उनीहरुले गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा जानकारीमा सभा सम्मलेन गर्न दलहरू सहमत भएका छन् । बैठकमा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने उनीहरुले प्रतिबद्धता जनाए ।
यस्तै मुख्य निर्वाचन अधिकृत तथा आचारसंहिता अनुगमन समितिका संयोजक प्रल्हादकुमार योगीले निर्वाचन आचारसंहिता निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि बनाइएको भन्दै यसको पालना सबै राजनीतिक दल र उम्मेदवारको दायित्व भएको बताए । उनले आचारसंहिता उल्लंघन भएको पाइएमा कानुनबमोजिम कारवाही गरिने स्पष्ट पार्दै निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी सबैको साझा रहेको उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्नु प्रशासनको प्राथमिकता रहेको बताए । उनले निर्वाचन आचारसंहिता पालना नगरेमा कारवाहीको दायरामा ल्याइने चेतावनी दिदै दल तथा उम्मेदवारलाई जिम्मेवार र मर्यादित व्यवहार गर्न आग्रह गरे ।
जिल्ला निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सबैका लागि समानरूपमा लागु हुने बताए । उनले प्रचार–प्रसार, सभा–समारोह, खर्च व्यवस्थापनलगायतका विषयमा आयोगको निर्देशन कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख,पत्रकार लगायतको सहभागिता थियो । यही माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भइसकेको छ ।नयाँयुगबोध
