
Ssbus
Rbs
dsbus
Amb
Gsbus
Ddhbs
Bksbus5
Gsl
Nssbus7
Ratbs
Pbu
Jsbus
gms
Csbus

Sls
Ssm
nsb
Hal
Sbs
Vor
Bbu
Rsb
Tsm
Pvg
Asm
Rgu
Ksm
Wsp
Ggd
Bbbpu
Rgs
Gst
Rgu

sab
Ptm
Syp
Pls
Abd
Jmb
Rpp
Jmb
Gsb
Mks
Rmb
Bml
bbt
दाङ । नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज लमही आँखा अस्पतालको आयोजनामा आँखा स्वास्थ्यसम्बन्धी छलफल कार्यक्रम बुधबार लमहीमा सम्पन्न भएको छ ।
कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले आँखा स्वास्थ्य नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै नगरपालिकाले आँखा उपचार,जाँच तथा सचेतना कार्यक्रमलाई प्राथमिकतामा राख्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ग्रामीण क्षेत्रका विपन्न तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क शिविर र नियमित सेवा विस्तार आवश्यक रहेको बताए ।
उपप्रमुख लक्ष्मी योगीले महिलाहरु र बालबालिकामा आँखा स्वास्थ्यसम्बन्धी समस्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै विद्यालय तहदेखि नै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । स्थानीय तह, अस्पताल र समुदायबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले आफ्नो वडामा आँखा जाँच शिविरको आवश्यकता औंल्याउँदै वडास्तरमै सेवा पुर्याउन सहयोग गर्ने प्रतिवद्धता जनाए । वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले बहादुरगंज लमही आँखा अस्पतालले प्रदान गर्दै आएको सेवाको प्रशंसा गर्दै यसलाई अझ व्यवस्थित र पहुँचयोग्य बनाउन स्थानीय जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने बताए ।
त्यसैगरी वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले गरिब,असहाय तथा अपाङ्गता भएका व्यक्तिहरुको आँखा उपचारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले आँखासम्बन्धी रोग समयमै पहिचान र उपचार गर्न सके अन्धोपन न्यूनीकरण गर्न सकिने भन्दै नियमित स्वास्थ्य परीक्षणमा जोड दिए ।
नेपाल नेत्रज्योती संघ दाङका उपसभापति रेशम बहादुर खड्काले संघले जिल्लाभर आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै आएको जानकारी गराउँदै स्थानीय तहसँगको सहकार्यले सेवा अझ प्रभावकारी हुने बताए । उनले आगामी दिनमा आँखा शिविर, शल्यक्रिया तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको पनि उल्लेख गरे ।
नेपाल नेत्रज्योती संघ दाङका सभापति कृष्ण कुमार गिरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण लमही आँखा अस्पतालका प्रशासनिक समितीका संयोजक लिला शाहले गरेकी थिइन् ।
