प्रिया स्मृती गजमेर/लमही बुधबार, माघ १४, २०८२

दाङ । नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज लमही आँखा अस्पतालको आयोजनामा आँखा स्वास्थ्यसम्बन्धी छलफल कार्यक्रम बुधबार लमहीमा सम्पन्न भएको छ ।

कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले आँखा स्वास्थ्य नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै नगरपालिकाले आँखा उपचार,जाँच तथा सचेतना कार्यक्रमलाई प्राथमिकतामा राख्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ग्रामीण क्षेत्रका विपन्न तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क शिविर र नियमित सेवा विस्तार आवश्यक रहेको बताए ।

उपप्रमुख लक्ष्मी योगीले महिलाहरु र बालबालिकामा आँखा स्वास्थ्यसम्बन्धी समस्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै विद्यालय तहदेखि नै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । स्थानीय तह, अस्पताल र समुदायबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले आफ्नो वडामा आँखा जाँच शिविरको आवश्यकता औंल्याउँदै वडास्तरमै सेवा पुर्‍याउन सहयोग गर्ने प्रतिवद्धता जनाए । वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले बहादुरगंज लमही आँखा अस्पतालले प्रदान गर्दै आएको सेवाको प्रशंसा गर्दै यसलाई अझ व्यवस्थित र पहुँचयोग्य बनाउन स्थानीय जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

त्यसैगरी वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले गरिब,असहाय तथा अपाङ्गता भएका व्यक्तिहरुको आँखा उपचारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले आँखासम्बन्धी रोग समयमै पहिचान र उपचार गर्न सके अन्धोपन न्यूनीकरण गर्न सकिने भन्दै नियमित स्वास्थ्य परीक्षणमा जोड दिए ।

नेपाल नेत्रज्योती संघ दाङका उपसभापति रेशम बहादुर खड्काले संघले जिल्लाभर आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै आएको जानकारी गराउँदै स्थानीय तहसँगको सहकार्यले सेवा अझ प्रभावकारी हुने बताए । उनले आगामी दिनमा आँखा शिविर, शल्यक्रिया तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको पनि उल्लेख गरे ।

नेपाल नेत्रज्योती संघ दाङका सभापति कृष्ण कुमार गिरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण लमही आँखा अस्पतालका प्रशासनिक समितीका संयोजक लिला शाहले गरेकी थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]