
Rbs
gms
Gsl
Gsbus
Nssbus7
Amb
Pbu
Csbus
Jsbus
Bksbus5
Ddhbs
Ssbus
dsbus
Ratbs

Asm
Bbu
nsb
Rsb
Ggd
Hal
Rgu
Rgu
Sbs
Tsm
Ksm
Gst
Pvg
Ssm
Wsp
Sls
Vor
Rgs
Bbbpu

sab
Gsb
bbt
Pls
Mks
Syp
Rpp
Jmb
Bml
Abd
Rmb
Ptm
Jmb
धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९८४ मत प्राप्त गर्दै विजयी भइन्। उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त गरिन् ।
यसैगरी, अन्य समूहबाट नेपाली काँग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मत प्राप्त गरेका थिए । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख,उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ निर्धारण गरिएको थियो ।
त्यस्तै कुल २ सय २४ मतदाता रहेकोमा ४९ प्रदेश सभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष गरी २ सय २० जनाले मतदान गरेका थिए। चार जनाले भनेे मतदान गरेनन् ।
मतदान नगर्नेमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेश सभा सदस्य खेमा विष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया रहेका छन् । महिला समूह र अन्य समूह गरी दुई पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए। निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन रहेको थियो । दिनेशखबर
