
Jsbus
gms
Ratbs
Ssbus
Gsbus
Amb
Csbus
Bksbus5
Rbs
Nssbus7
Gsl
Pbu
Ddhbs
dsbus

Tsm
Bbu
Sbs
Rsb
Rgs
Rgu
Rgu
Asm
Sls
Gst
Hal
Ksm
Pvg
Ggd
Vor
Ssm
Bbbpu
nsb
Wsp

sab
Gsb
bbt
Abd
Rmb
Mks
Jmb
Pls
Rpp
Bml
Ptm
Syp
Jmb
दाङ । राजपुर–२,मटेरीया दाङस्थित फेमिली प्याराडाइज इङ्लिस बोर्डिङ स्कुलमा वसन्त पञ्चमीको अवसरमा सरस्वती पूजा,अक्षरारम्भ, सम्मान तथा मोटिभेसन कार्यक्रम भव्य रुपमा शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितीका जेष्ठ सदस्य/ शिक्षाप्रेमी तुलसीराम भण्डारीको अध्यक्षता, समाजसेवी देवीराम सुनारको प्रमुख आतिथ्य एवम् समाजसेवी बुद्धिजीवी श्यामलाल वलीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित अभिभावक,विद्यार्थी,शिक्षक समाजसेवीहरुबाट वसन्त पन्चमी/सरस्वतीको पुजापाठ गरिएको थियो ।
फेमिली प्याराडाईज स्कुलका छात्रा प्रतिज्ञा यादव र आशिका बिकद्वारा संचालित कार्यक्रम प्रमुख अतिथी देवीराम सुनारले फेमिली स्कुलले राम्रो कार्य गरिरहेको र आगामी दिनमा अझ प्रगती गर्नुपर्ने बताए ।
विद्यालयकि छात्रा दिपा पुन मगरको स्वागत मन्तव्य तथा छात्रा रेश्मा घर्ती,दिपा पुन,आशिका बिकको स्वागत नृत्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका साना बालबालिकाबाट सरस्वती पूजा तथा अक्षरारम्भ गराइएको थियो भने विद्यालयका बालबालिका,शिक्षक मधुमालती खडका लगायत खेलकुद कार्यक्रम -२०८२ कार्यक्रम अन्तर्गत प्रथम /द्वितीय / तृतीय स्थान प्राप्त गर्ने अभिभावक/ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
सम्मानको कार्यक्रमलाई अगाडि बढाउदै अभिभावक/ बिध्यार्थी समाज परिवर्तनका निम्ति संघर्ष गर्नु आवश्यक हुन्छ भन्ने अभिप्रायका साथ उत्प्रेरणामुलक मोटिभेसन विद्यालयका प्रवन्ध निर्देशकबाट गरिएको थियो । कार्यक्रमका विशिष्ट अतिथी श्यामलाल वली,अतिथि दिप बस्नेत लगायत छात्रा आशिका बिकबाट आफ्ना भनाई/ मन्तव्य राखिएको थियो ।
कार्यकमको संचालनको जिम्मेवारी पुरा गरेको भन्दै थप मनोवल उच्च राख्नका निम्ति कार्यक्रम संचालक छात्रा आशिका बिक तथा छात्रा आशिका बिकलाई बिद्यालयले सम्मानपत्रले कदर गरेको थियो।
कार्यक्रमका अध्यक्ष तुलसीराम भण्डारीबाट उपस्थित सम्पुर्णलाई आफ्नो तर्फ र विद्यालयको तर्फबाट हार्दिक धन्यवाद दिदै कार्यक्रमको समापन गरिएको थियो ।

