
Ddhbs
Pbu
Amb
Ssbus
gms
Nssbus7
Rbs
Jsbus
Bksbus5
Ratbs
Gsbus
Csbus
Gsl
dsbus

Tsm
Asm
Rgu
Sls
Bbbpu
Ksm
Rgu
Bbu
nsb
Ssm
Rgs
Pvg
Ggd
Hal
Sbs
Wsp
Gst
Vor
Rsb

Pls
Abd
Rmb
bbt
Bml
Ptm
Rpp
Jmb
sab
Gsb
Mks
Jmb
Syp
भक्तपुर । पत्रकार जन्मदेव जैसीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
कालिकोट स्थायी घर भएका जैसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवारी दिएका हुन् । जैसी प्रलोपाका केन्द्रीय सदस्य तथा श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष हुन् । उनले पार्टी अध्यक्ष परिषदका सदस्य एवं पूर्वसांसद सन्तोष परियारको प्रस्ताव तथा दयाराम वाग्लेको समर्थनमा उम्मेदवारी दर्ता गराए ।
लामो समयदेखि पत्रकारिता,श्रमजीवीको हक–अधिकार र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका जैसीले भक्तपुरलाई इतिहास, संस्कृति र श्रमको शहरका रूपमा चित्रण गर्दै आधारभूत समस्या समाधानलाई प्राथमिकतामा राखेको बताए ।
त्यस्तै उनका अनुसार भक्तपुरमा पानी र ढल व्यवस्थापनको समस्या यथावत् छ, युवालाई आफ्नै ठाउँमा रोजगारीको अवसर छैन, विकासको नाममा सम्पदा र खेती नष्ट हुँदै गइरहेका छन् भने जनताको आवाज संसदसम्म प्रभावकारी रूपमा पुग्न सकेको छैन । यिनै समस्या समाधानका लागि आफू प्रतिनिधि सभा निर्वाचनमा होमिएको भन्दै जैसीले बताए ।अनलाइनखबर
