Sidha Patra बुधबार, माघ ०७, २०८२

भक्तपुर । पत्रकार जन्मदेव जैसीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

कालिकोट स्थायी घर भएका जैसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवारी दिएका हुन् । जैसी प्रलोपाका केन्द्रीय सदस्य तथा श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष हुन् । उनले पार्टी अध्यक्ष परिषदका सदस्य एवं पूर्वसांसद सन्तोष परियारको प्रस्ताव तथा दयाराम वाग्लेको समर्थनमा उम्मेदवारी दर्ता गराए ।

लामो समयदेखि पत्रकारिता,श्रमजीवीको हक–अधिकार र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका जैसीले भक्तपुरलाई इतिहास, संस्कृति र श्रमको शहरका रूपमा चित्रण गर्दै आधारभूत समस्या समाधानलाई प्राथमिकतामा राखेको बताए ।

त्यस्तै उनका अनुसार भक्तपुरमा पानी र ढल व्यवस्थापनको समस्या यथावत् छ, युवालाई आफ्नै ठाउँमा रोजगारीको अवसर छैन, विकासको नाममा सम्पदा र खेती नष्ट हुँदै गइरहेका छन् भने जनताको आवाज संसदसम्म प्रभावकारी रूपमा पुग्न सकेको छैन । यिनै समस्या समाधानका लागि आफू प्रतिनिधि सभा निर्वाचनमा होमिएको भन्दै जैसीले बताए ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]