
Sgp
Lks
Ggp
Dus
Rgp
Jns
Rgp
Ggp
Rgp
Asb
lnp
Rgp
ksb
Usb
Lnp

lms

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् ।
सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुगेका लामिछाने उपस्थित हुन नभ्याउने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले अनलाइनखबरलाई जानकारी दिए ।
त्यस्तै लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी दर्ता गराएको जिल्ला सभापति भुषालले जानकारी दिए । लामिछाने बीरगञ्जको काम सकेर चितवन फर्किने तयारी गरेको तर समय अभाव भएकोले वारेसबाट नै दर्ता गरिएको उनले बताए । लामिछानेले तेस्रोपटक चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् ।
