Sidha Patra मंगलबार, माघ ०६, २०८२

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –५ गैरापातुमा रहेको जन श्रमिक प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

नेपाल मानव धर्म सेवा समिति तुलसीपुरको आयोजनामा आज एक कार्यक्रमका बिच विद्यालयका शिशुदेखि कक्षा ५ सम्मका विद्यार्थीहलाई शैक्षिक सामाग्री कापी र कलमल लगायतका सामाग्री वितरण गरिएकोे हो ।

त्यस्तै सो अवसरमा बोल्दै विद्यालयकी प्रधानाध्यापक शुशिला भट्टराईले आफ्नो विद्यालयमा धिकांसे गरिब, विपन्न, दलित र अभिभावकविहिन विद्यार्थीहरु अध्यनरत रहेको जानकारी दिइन् । सोही समस्यालाई मध्यनजर गरी सहयोग प्रदान गरेकोप्रति धन्यवाद व्यक्त गरिन । विद्यार्थीहरुलाई अझै यस्ता सहयोग आवश्यक भएको बताउँदै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त समेत गरिइन ।

सो अवसरमा बोल्दै नेपाल मानव धर्म सेवा समिति राप्ति भेरी प्रचारिका महात्मा चन्द्रकान्ता बाईजीले एकपटक गरेको सहयोग बालबालिका लागी पर्याप्त नभए पनि निरन्तर विद्यालय आउने वातावरण बन्ने बताए । भौतिक शिक्षासँगै अध्यात्म शिक्षाको पनि जरुरी भएकाले बालबालिकाहरुको लागी अभिभावक र शिक्षकले नैतिक,व्यवहारिक र संस्कारयुक्त शिक्षामा जोड दिन आवश्यक रहेको बताए । यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम केसी लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको उदेश्यबारे नेपाल मानव धर्म सेवा समिति युथ संयोजक सुर्य थापाले प्रकाश पारेका थिए ।

विशेष गरी दाङ सहित देशभर नै आध्यत्मिक कार्यक्रमसँगै शिक्षा अभियान,रक्तदान,सरसफाई लगायत विभिन्न समाजिक कार्यहरु गर्दै आईरहेको नेपाल मानव धर्म सेवा समितिले तुलसीपुरमा पनि निरन्तर यी कार्यहरु गर्दै आईरहेको नेपाल मानव धर्म सेवा समिति तुलसीपुरका अध्यक्ष लिलाप्रसाद शर्माले जानकारी दिए ।

“शिक्षित राष्ट्र, शिक्षित बालबालिका”भन्ने नारासहित युवा संगठनद्वारा सञ्चालित “शिक्षा अभियान” कार्यक्रमा विशेषगरी वोर्डिङ स्कुलहरुसँगको समन्वय र सहयोगी दाताहरुबाट शैक्षिक सामाग्रीहरु संलन गरी गरिब, विपन्न बिद्यार्थी अध्यनरत सरकारी विद्यालयमा वितरण गर्दै आईरहेकोे बताइएको छ ।

नेपाल मानव धर्म सेवा समिति राप्ती भेरै प्रभारी महात्मा चाँदना बाईजीको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण समितिका सञ्चार संयोजक प्रेम कुमारी मगरले गरेकी थिइन् ।तुलसीपुरखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]