
dsbus
Nssbus7
Gsl
Amb
Jsbus
Bksbus5
Gsbus
Ratbs
gms
Ddhbs
Rbs
Pbu
Ssbus
Csbus

Rgs
Sbs
Vor
Sls
Bbu
Tsm
Rgu
Gst
Rgu
Pvg
nsb
Bbbpu
Ggd
Ksm
Ssm
Hal
Asm
Wsp
Rsb

Jmb
Syp
Gsb
sab
Rmb
bbt
Abd
Pls
Bml
Mks
Ptm
Rpp
Jmb
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –५ गैरापातुमा रहेको जन श्रमिक प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
नेपाल मानव धर्म सेवा समिति तुलसीपुरको आयोजनामा आज एक कार्यक्रमका बिच विद्यालयका शिशुदेखि कक्षा ५ सम्मका विद्यार्थीहलाई शैक्षिक सामाग्री कापी र कलमल लगायतका सामाग्री वितरण गरिएकोे हो ।
त्यस्तै सो अवसरमा बोल्दै विद्यालयकी प्रधानाध्यापक शुशिला भट्टराईले आफ्नो विद्यालयमा धिकांसे गरिब, विपन्न, दलित र अभिभावकविहिन विद्यार्थीहरु अध्यनरत रहेको जानकारी दिइन् । सोही समस्यालाई मध्यनजर गरी सहयोग प्रदान गरेकोप्रति धन्यवाद व्यक्त गरिन । विद्यार्थीहरुलाई अझै यस्ता सहयोग आवश्यक भएको बताउँदै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त समेत गरिइन ।
सो अवसरमा बोल्दै नेपाल मानव धर्म सेवा समिति राप्ति भेरी प्रचारिका महात्मा चन्द्रकान्ता बाईजीले एकपटक गरेको सहयोग बालबालिका लागी पर्याप्त नभए पनि निरन्तर विद्यालय आउने वातावरण बन्ने बताए । भौतिक शिक्षासँगै अध्यात्म शिक्षाको पनि जरुरी भएकाले बालबालिकाहरुको लागी अभिभावक र शिक्षकले नैतिक,व्यवहारिक र संस्कारयुक्त शिक्षामा जोड दिन आवश्यक रहेको बताए । यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम केसी लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको उदेश्यबारे नेपाल मानव धर्म सेवा समिति युथ संयोजक सुर्य थापाले प्रकाश पारेका थिए ।
विशेष गरी दाङ सहित देशभर नै आध्यत्मिक कार्यक्रमसँगै शिक्षा अभियान,रक्तदान,सरसफाई लगायत विभिन्न समाजिक कार्यहरु गर्दै आईरहेको नेपाल मानव धर्म सेवा समितिले तुलसीपुरमा पनि निरन्तर यी कार्यहरु गर्दै आईरहेको नेपाल मानव धर्म सेवा समिति तुलसीपुरका अध्यक्ष लिलाप्रसाद शर्माले जानकारी दिए ।
“शिक्षित राष्ट्र, शिक्षित बालबालिका”भन्ने नारासहित युवा संगठनद्वारा सञ्चालित “शिक्षा अभियान” कार्यक्रमा विशेषगरी वोर्डिङ स्कुलहरुसँगको समन्वय र सहयोगी दाताहरुबाट शैक्षिक सामाग्रीहरु संलन गरी गरिब, विपन्न बिद्यार्थी अध्यनरत सरकारी विद्यालयमा वितरण गर्दै आईरहेकोे बताइएको छ ।
नेपाल मानव धर्म सेवा समिति राप्ती भेरै प्रभारी महात्मा चाँदना बाईजीको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण समितिका सञ्चार संयोजक प्रेम कुमारी मगरले गरेकी थिइन् ।तुलसीपुरखबर
