
dsbus
Amb
Pbu
Ddhbs
Ssbus
Bksbus5
Rbs
Nssbus7
Gsbus
Jsbus
gms
Ratbs
Csbus
Gsl

Rgs
Ssm
Bbu
nsb
Gst
Sbs
Sls
Ggd
Pvg
Wsp
Vor
Hal
Rgu
Ksm
Asm
Bbbpu
Tsm
Rgu
Rsb

sab
Gsb
Ptm
Jmb
Abd
Jmb
Bml
Syp
Rpp
Mks
Pls
Rmb
bbt
दाङ । देउखुरीको गढवा गाउँपालिकामा सोमबार देखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता -२०८२ को शुभारम्भ भएको छ ।
प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री ईन्द्रजित थारुले देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुभारम्भ भएकाे बताउदै यो प्रतियोगिता राष्ट्रियता प्रतिको ऐक्यबद्धता भएको बताए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता राख्नुको मुख्य आशय सिंगो राष्ट्र प्रति बफादार रहनु भएको बताउदै सभा सदस्य चौधरीले यस्ता कार्यक्रमले शिक्षक शिक्षिका र बिद्यार्थीलाई राष्ट्रियता प्रति जिम्मेवार रहने ज्ञान दिने गरेको बताए ।
१६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ को शुभारम्भ कार्यक्रमममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले खेलकुद एउटा खेलमात्र नभई चौतर्फी रुपमा व्यक्तित्व बिकाश हुने बताए । व्यवसायीक रुपमा खेलकुद क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थी भाइबहिनीहरूका लागि यो कार्यक्रम महत्वपूर्ण योगदान पुग्ने बताए । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा हुने अन्तर पालिका स्तरिय खेलकुद प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जस्ता खेलकुद प्रतियोगिताबाट गढवाले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरेको बताए ।
खेलमा माध्यमबाट राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सक्ने दक्ष जनशक्ति उत्पादन भएकोले यो खेल प्रतियोगिताको निकै ठुलो महत्व रहेको बताए । गढवा गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एवम् पालिका स्तरीय अन्तरविद्यालय तहगत खेलकुद प्रतियोगितालाई एउटा खेल मात्र नभई एउटा उत्सवको रुपमा मनाईरहेको अध्यक्ष पोख्रेलले बताए ।
दाङ गढवा गाउँपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय विद्यानगर गोबरडिहाको व्यवस्थापनमा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ सुरु भएको हो ।सोमबार ६ गतेदेखि सुरू भएको प्रतियोगिता बुधबार ८ गते समापन हुने छ ।
प्रतियोगिताका खेलहरुमा भलिबल छात्र/छात्रा अलगअलग र एथलेटिक्स तर्फ छात्र र छात्राहरु दुबैको सहभागी रहने गरि खेल खेलाइने छ । प्रतियोगितामा मावि तर्फ ,भलिभल, कबड्डी, एथेलेटिक्स खेल हुनेछन् भने आधारभुत र प्रावि तर्फ एक सय, दुई सय र चार सय मिटर दौड खेल हुने सचिवालय संयोजक तथा सरस्वती माध्यमिक विद्यालय बिद्यानगर गोबरडिहाका शिक्षक बेगम बहादुर गहतराजले जानकारी दिए ।
सोमबार भएको प्रावितर्फको १०० मिटर दौड छात्रतर्फ ज्ञान ज्योति बोर्डिङ स्कुलका निरन परियार प्रथम, बुद्ध ज्योति माविका अनुराग चौधरी द्वितीय, जनमुखी मावि रङसिङका शिखर पुन तृतीय स्थान हासिल गरेका छन् । भने सय मिटर दौड छात्रातर्फ राप्ती साउथनका स्मारिका कंवर प्रथम, कोसेली इङ्लिस बोर्डिङका अनिषा चौधरी द्वितीय र जनता मावि काला काटेका काजल कंवर तृतीय स्थान हासिल गरेकि छिन् ।
आधारभूत विद्यालय तहमा १०० मिटर दौड छात्रातर्फ मुना मिलन इङ्लिस बोर्डिङका पंकज चौधरी प्रथम, शुभतारा इंग्लिश बोर्डिङका रिक्सन चौधरी द्वितीय र मावि चैनपुरका चेतराम चौधरी तृतीय स्थान हासिल गरेका छन्। भने सय मिटर दौड छात्रातर्फ मुना मिलन इङ्लिस बोर्डिङ स्कुलका रेसु कुमाल प्रथम, मावि चैनपुरका पूर्णिमा चौधरी द्वितीय र सरस्वती मावि विद्यानगरका रश्मी कुमाल तृतीय स्थान हासिल गरेकि छिन् ।
राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता तथा अन्तरविद्यालय स्तरीय खेलकुद प्रतियोगितामा गढवा गाउँपालिकाका निजी तथा सामुदायिक विद्यालय गरी मावि तर्फ ११ विद्यालय, आवितर्फ १३ विद्यालय र प्रावि तर्फ पाँच विद्यालय प्रतियोगितामा सहभागिता जनाएका छन् ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुलसीराम अधिकारी,सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष आशाराम चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, राप्ती प्राविधिक शिक्षालयका प्रमुख शालिक राम डांगी, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक डबल बहादुर बम,गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्यामबहादुर बिक,गढवा गाउँपालिकाका विभिन्न जनप्रतिनिधि तथा कर्मचारी, सामुदायिक तथा निजी विद्यालयका प्रधान अध्यापक, खेल प्रशिक्षक, प्रतियोगी तथा अप्रतियोगी विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो।
सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य प्रकाश शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक तेजप्रसाद शर्मा,सर्मिला डिसी र सिता यादवले गरेका थिए ।

