
Rgp
Dus
Rgp
Sgp
Rgp
Lnp
Ggp
ksb
Jns
lnp
Asb
Ggp
Usb
Lks
Rgp

lms

काठमाडौँ । वीरगन्ज स्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले रास्वाप सभापति रवि लामिछानेसँग १ कराेड धराैटी माग गरेको छ ।
न्यायाधीश रुद्र सुवेदीको इजलासले थुनछेक बहसपछि मंगलबार उक्त धरौटी माग गरेको हो । लामिछाने मंगलबार जनकपुरबाट सिधै पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए ।
त्यस्तै अदालतले बयानपछि थुनछेक आदेश गरेर धराैटी माग गरेको तहसिलदार देवराज भट्टराईले जानकारी दिए । उनले धराैटी बुझाए रिहा हुने नत्र पुर्पक्षका लागि थुनामा बस्नुपर्ने बताए ।
यस्तै जिल्ला सरकारी वकिलको कार्यालय पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो । उनीमाथि संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजायसमेत माग गरिएको छ ।
त्यस्तै वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जना उपर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो ।
