
Nssbus7
Ratbs
Jsbus
syysr
Csbus
Amb
Gsl
Pbu
gms
Ssbus
Syees
Ddhbs
Bksbus5
Gsbus
Rbs
dsbus

Tsm
Rsb
Sbs
Ssm
Asm
Hal
Rgu
Bbu
Gst
Rgs
Rgu
Ksm
Sls
Ggd
nsb
Pvg
Wsp
Bbbpu
Vor

Gsb
Mks
bbt
Rpp
Pls
sab
Bml
Ptm
Syp
Rmb
Abd
Jmb
Jmb
काठमाडौँ । वीरगन्ज स्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले रास्वाप सभापति रवि लामिछानेसँग १ कराेड धराैटी माग गरेको छ ।
न्यायाधीश रुद्र सुवेदीको इजलासले थुनछेक बहसपछि मंगलबार उक्त धरौटी माग गरेको हो । लामिछाने मंगलबार जनकपुरबाट सिधै पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए ।
त्यस्तै अदालतले बयानपछि थुनछेक आदेश गरेर धराैटी माग गरेको तहसिलदार देवराज भट्टराईले जानकारी दिए । उनले धराैटी बुझाए रिहा हुने नत्र पुर्पक्षका लागि थुनामा बस्नुपर्ने बताए ।
यस्तै जिल्ला सरकारी वकिलको कार्यालय पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो । उनीमाथि संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजायसमेत माग गरिएको छ ।
त्यस्तै वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जना उपर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो ।
