Sidha Patra मंगलबार, माघ ०६, २०८२

दाङ । नेकपा एमाले पार्टीले दाङ निर्वाचन क्षेत्र नम्बर १ मा रेवतीरमण शर्मा घिमिरेलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेको तर्फबाट घिमिरेले टिकट प्राप्त गरेका हुन्।

आज उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ। यसअघि घिमिरे लुम्बिनी प्रदेशसभा सदस्यका रुपमा निर्वाचित भएका थिए । उनी दाङ क्षेत्र नम्बर १ (२) बाट २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

को हुन रेवतीरमण शर्मा घिमिरे?

रेवतीरमण शर्मा घिमिरे २०३५ सालमा अखिल विभाजनसँगै अखिल छैटौँमा आबद्ध भएका थिए। २०३९ सालमा उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्।

२०६२–०६३ सालको जनआन्दोलनमा दाङको नेतृत्व घिमिरेले गरेका थिए। उनी २०५९ देखि २०६२ सालसम्म तत्कालीन नेकपा एमालेको जिल्ला सचिवको जिम्मेवारीमा रहेका थिए। २०७४ सालको निर्वाचनमा दाङ क्षेत्र नम्बर १ (२) बाट टिकट पाएर उनी भारी मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

त्यस्तै उनको जीवनशैली सरल,सन्तुलित र अहंकारविहीन रहेको बताइन्छ । यही कारण उनलाई नजिकबाट चिन्नेहरुले ‘नेतृत्वभन्दा भरोसा’ का रुपमा बुझ्ने गर्छन्।

सुरक्षित शैक्षिक पेशा त्यागेर कम्युनिस्ट आन्दोलन रोज्नु उनका लागि जोखिमपूर्ण तर ऐतिहासिक निर्णय थियो । त्यो सुविधा खोज्नेहरुको बाटो नभई विचार र प्रतिबद्धताले भरिएको कठिन यात्रा थियो। यही यात्राले उनलाई लोभ,लालच र सत्तामुखी राजनीतिबाट टाढा राखेको देखिन्छ।

राजनीतिमा चमकभन्दा चरित्र दीर्घकालीन हुन्छ भन्ने उदाहरणका रूपमा घिमिरेलाई लिइन्छ। हाल उनी पार्टीभित्र केन्द्रीय लेखा आयोग सदस्यको जिम्मेवारीमा रहेका छन् ।देशसञ्चार

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]