
dsbus
Ssbus
Ddhbs
Syees
Csbus
gms
Nssbus7
Ratbs
Gsl
Pbu
Rbs
Jsbus
syysr
Bksbus5
Amb
Gsbus

Ssm
Pvg
Tsm
Bbu
nsb
Rgu
Ksm
Sbs
Rgs
Gst
Vor
Rgu
Sls
Bbbpu
Hal
Wsp
Rsb
Ggd
Asm

Bml
Gsb
Pls
Abd
Ptm
Mks
sab
Jmb
bbt
Rpp
Rmb
Syp
Jmb
दाङ । नेकपा एमाले पार्टीले दाङ निर्वाचन क्षेत्र नम्बर १ मा रेवतीरमण शर्मा घिमिरेलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेको तर्फबाट घिमिरेले टिकट प्राप्त गरेका हुन्।
आज उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ। यसअघि घिमिरे लुम्बिनी प्रदेशसभा सदस्यका रुपमा निर्वाचित भएका थिए । उनी दाङ क्षेत्र नम्बर १ (२) बाट २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
को हुन रेवतीरमण शर्मा घिमिरे?
रेवतीरमण शर्मा घिमिरे २०३५ सालमा अखिल विभाजनसँगै अखिल छैटौँमा आबद्ध भएका थिए। २०३९ सालमा उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्।
२०६२–०६३ सालको जनआन्दोलनमा दाङको नेतृत्व घिमिरेले गरेका थिए। उनी २०५९ देखि २०६२ सालसम्म तत्कालीन नेकपा एमालेको जिल्ला सचिवको जिम्मेवारीमा रहेका थिए। २०७४ सालको निर्वाचनमा दाङ क्षेत्र नम्बर १ (२) बाट टिकट पाएर उनी भारी मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
त्यस्तै उनको जीवनशैली सरल,सन्तुलित र अहंकारविहीन रहेको बताइन्छ । यही कारण उनलाई नजिकबाट चिन्नेहरुले ‘नेतृत्वभन्दा भरोसा’ का रुपमा बुझ्ने गर्छन्।
सुरक्षित शैक्षिक पेशा त्यागेर कम्युनिस्ट आन्दोलन रोज्नु उनका लागि जोखिमपूर्ण तर ऐतिहासिक निर्णय थियो । त्यो सुविधा खोज्नेहरुको बाटो नभई विचार र प्रतिबद्धताले भरिएको कठिन यात्रा थियो। यही यात्राले उनलाई लोभ,लालच र सत्तामुखी राजनीतिबाट टाढा राखेको देखिन्छ।
राजनीतिमा चमकभन्दा चरित्र दीर्घकालीन हुन्छ भन्ने उदाहरणका रूपमा घिमिरेलाई लिइन्छ। हाल उनी पार्टीभित्र केन्द्रीय लेखा आयोग सदस्यको जिम्मेवारीमा रहेका छन् ।देशसञ्चार
