
ksb
lnp
Ggp
Sgp
Dus
Ggp
Usb
Lnp
Rgp
Asb
Rgp
Rgp
Rgp
Jns
Lks

lms

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा पुगेका छन्।
मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन् । जानकी मन्दिर दर्शनका क्रममा बालेन एक्लै थिएनन्, उनीसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित थिए । दुवै जनाले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना गरे।
ऐतिहासिक र धार्मिक महत्त्व बोकेको जानकी मन्दिरमा बिहानै बालेन र अमरेशलाई एकसाथ देख्दा स्थानीय तथा दर्शनार्थीहरुको भीडमा छुट्टै रौनक देखिएको थियो । आरतीमा सहभागी भएलगत्तै बालेन मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको सम्झनामा मनाइने बलिदानी दिवसको कार्यक्रममा सहभागी हुन सिरहाको लहान प्रस्थान गरेका छन् ।
त्यस्तै उनले बिहान ८ बजे लहानस्थित मधेशी शहीद पार्कमा माल्यार्पण गर्ने तालिका छ । यसपछि बालेन रास्वपाले आज जनकपुरधाममा गरेको परिवर्तनको उद्घोष सभामार्फत पहिलोपटक पार्टी सभापति रवि लामिछानेका साथ सम्बोधनमा सहभागी हुने छन् ।
