
dsbus
Ddhbs
Nssbus7
Csbus
Amb
gms
Bksbus5
Pbu
Gsbus
Jsbus
Ssbus
Syees
Rbs
Gsl
syysr
Ratbs

Rgu
Rgs
Gst
Wsp
Rsb
Ksm
nsb
Sbs
Bbu
Hal
Pvg
Bbbpu
Vor
Rgu
Ssm
Ggd
Sls
Asm
Tsm

Abd
Bml
Mks
bbt
Jmb
Rmb
Pls
Jmb
sab
Rpp
Syp
Ptm
Gsb
धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा पुगेका छन्।
मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन् । जानकी मन्दिर दर्शनका क्रममा बालेन एक्लै थिएनन्, उनीसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित थिए । दुवै जनाले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना गरे।
ऐतिहासिक र धार्मिक महत्त्व बोकेको जानकी मन्दिरमा बिहानै बालेन र अमरेशलाई एकसाथ देख्दा स्थानीय तथा दर्शनार्थीहरुको भीडमा छुट्टै रौनक देखिएको थियो । आरतीमा सहभागी भएलगत्तै बालेन मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको सम्झनामा मनाइने बलिदानी दिवसको कार्यक्रममा सहभागी हुन सिरहाको लहान प्रस्थान गरेका छन् ।
त्यस्तै उनले बिहान ८ बजे लहानस्थित मधेशी शहीद पार्कमा माल्यार्पण गर्ने तालिका छ । यसपछि बालेन रास्वपाले आज जनकपुरधाममा गरेको परिवर्तनको उद्घोष सभामार्फत पहिलोपटक पार्टी सभापति रवि लामिछानेका साथ सम्बोधनमा सहभागी हुने छन् ।
