Sidha Patra आइतबार, माघ ०४, २०८२

झापा । झापाका मुख्य निर्वाचन अधिकृत तथा जिदालत अदालत झापाका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेलले निर्वाचन आचारसंहिता कडाइसाथ पालना गर्न/गराउन निर्देशन दिएका छन्।

त्यस्तै उनले निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवारको उम्मेदवारी खारेजसमेत हुन सक्ने चेतावनी दिए। उनले भने, ‘यो नैतिक मात्र होइन, बाध्यकारी नियम हो। यो लिगल डकुमेन्ट हो। भोलि आचारसंहिता उल्लंघन भएको प्रमाणित भए उम्मेदवारी खारेजसमेत हुनसक्ने भएकाले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न/गराउन म आग्रह गर्दछु।’

आइतबार जिल्ला प्रशासन कार्यालय झापामा आयोजित सर्वपक्षीय छलफलमा मुख्य निर्वाचन अधिकृत लुइँटेलले मनोनयनका बेलादेखि नै आचारसंहिता उल्लंघनका घटना बाहिन आउनसक्ने भएकाले सचेत रहन राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे। मनोनयन दर्ता गर्ने दिन २५ जनाभन्दा बढी मानिस लैजान नपाइने र बढीमा १० वटा मात्र झन्डा प्रयोग गर्नुपर्ने नियमबारे उनले जानकारी गराए।

यस्तै छलफलका क्रममा मुख्य निर्वाचन अधिकृत लुइँटेलले निर्वाचन आचारसंहिता केवल सामान्य निर्देशिका नभई एक महत्त्वपूर्ण कानुनी दस्ताबेज भएको स्पष्ट पारे। “हामी अहिले मनोनयनको चरणमा छौँ, यस समयमा आचारसंहिताको नैतिक मूल्य र कानुनी मर्यादा कायम राख्नु सबैको कर्तव्य हो,” उनले भने। उनले निर्वाचनका १० वटा मुख्य कानुनहरूबारे स्मरण गराउँदै आचारसंहिता उल्लंघन भएमा कानुनी कारबाही हुने चेतावनीसमेत दिए।

त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्वाचनको मिति नजिकिएकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन प्रशासन प्रतिबद्ध रहेको बताए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले राजनीतिक दलहरुले प्रचारप्रसारका क्रममा आफ्नो घोषणापत्रमा उल्लेख भएका कुराहरु मात्र जनतामाझ लैजान पाउने र अन्य भ्रामक गतिविधि गर्न नहुने नियमबारे प्रस्ट पारे।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे,राप्रपा झापाका अध्यक्ष केशव ओझा र नेकपा एमाले झापाका प्रतिनिधि प्रेम गिरी लगायत विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो।

त्यस्तै सहभागी दलका नेताहरुले निर्वाचन आयोगले तोकेका नियमहरूको परिधिभित्र रहेर आफ्ना गतिविधि सञ्चालन गर्ने र निर्वाचनलाई मर्यादित बनाउन पूर्ण सहयोग गर्ने ऐक्यबद्धता जनाएका छन्।देशसञ्चार

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]