
Ssbus
Rbs
Ddhbs
Gsl
gms
Gsbus
Pbu
Bksbus5
Ratbs
Nssbus7
Amb
syysr
dsbus
Jsbus
Csbus
Syees

Rgu
Sls
Rgu
Pvg
Ggd
Ssm
Bbu
Rgs
Gst
nsb
Ksm
Bbbpu
Tsm
Asm
Vor
Rsb
Wsp
Sbs
Hal

Ptm
Abd
Jmb
Pls
bbt
Gsb
Mks
Rpp
Rmb
sab
Jmb
Syp
Bml
झापा । झापाका मुख्य निर्वाचन अधिकृत तथा जिदालत अदालत झापाका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेलले निर्वाचन आचारसंहिता कडाइसाथ पालना गर्न/गराउन निर्देशन दिएका छन्।
त्यस्तै उनले निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवारको उम्मेदवारी खारेजसमेत हुन सक्ने चेतावनी दिए। उनले भने, ‘यो नैतिक मात्र होइन, बाध्यकारी नियम हो। यो लिगल डकुमेन्ट हो। भोलि आचारसंहिता उल्लंघन भएको प्रमाणित भए उम्मेदवारी खारेजसमेत हुनसक्ने भएकाले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न/गराउन म आग्रह गर्दछु।’
आइतबार जिल्ला प्रशासन कार्यालय झापामा आयोजित सर्वपक्षीय छलफलमा मुख्य निर्वाचन अधिकृत लुइँटेलले मनोनयनका बेलादेखि नै आचारसंहिता उल्लंघनका घटना बाहिन आउनसक्ने भएकाले सचेत रहन राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे। मनोनयन दर्ता गर्ने दिन २५ जनाभन्दा बढी मानिस लैजान नपाइने र बढीमा १० वटा मात्र झन्डा प्रयोग गर्नुपर्ने नियमबारे उनले जानकारी गराए।
यस्तै छलफलका क्रममा मुख्य निर्वाचन अधिकृत लुइँटेलले निर्वाचन आचारसंहिता केवल सामान्य निर्देशिका नभई एक महत्त्वपूर्ण कानुनी दस्ताबेज भएको स्पष्ट पारे। “हामी अहिले मनोनयनको चरणमा छौँ, यस समयमा आचारसंहिताको नैतिक मूल्य र कानुनी मर्यादा कायम राख्नु सबैको कर्तव्य हो,” उनले भने। उनले निर्वाचनका १० वटा मुख्य कानुनहरूबारे स्मरण गराउँदै आचारसंहिता उल्लंघन भएमा कानुनी कारबाही हुने चेतावनीसमेत दिए।
त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्वाचनको मिति नजिकिएकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन प्रशासन प्रतिबद्ध रहेको बताए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले राजनीतिक दलहरुले प्रचारप्रसारका क्रममा आफ्नो घोषणापत्रमा उल्लेख भएका कुराहरु मात्र जनतामाझ लैजान पाउने र अन्य भ्रामक गतिविधि गर्न नहुने नियमबारे प्रस्ट पारे।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे,राप्रपा झापाका अध्यक्ष केशव ओझा र नेकपा एमाले झापाका प्रतिनिधि प्रेम गिरी लगायत विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो।
त्यस्तै सहभागी दलका नेताहरुले निर्वाचन आयोगले तोकेका नियमहरूको परिधिभित्र रहेर आफ्ना गतिविधि सञ्चालन गर्ने र निर्वाचनलाई मर्यादित बनाउन पूर्ण सहयोग गर्ने ऐक्यबद्धता जनाएका छन्।देशसञ्चार
