Sidha Patra आइतबार, माघ ०४, २०८२

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेसँगै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आइतबार अपराह्न जनकपुर पुगेका छन् ।

जनकपुर पुगेका शाहले त्यहाँको जानकी मन्दिरमा पुगेर दर्शन गर्नेछन् । राति जनकपुरमै बस्ने लामिछाने र शाहले सोमबार बिहान सिरहाको लहान प्रस्थान गर्नेछन् । मधेश आन्दोलनको क्रममा सहिद भएकाहरुको सम्झनामा माघ ५ गते बलिदानी दिवस मनाइन्छ । मधेश प्रदेश सरकारले बलिदानी दिवसमा बिदासमेत दिएको छ ।

त्यस्तै लहानमा रहेका मधेशी सहिदको पार्कमा पुगेर लामिछाने र बालेन्द्रले मालाअर्पण गर्नेछन् । ‘लहानको कार्यक्रमबाट फर्किएपछि जनकपुरको तिरहुतिया गाँछीमा आयोजना गरिएको परिवर्तनको उद्घोष सभामा नेताहरु सहभागी हुने जनाइएको छ ।

रास्वपाका प्रवक्ता मनिष झाले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै भने, ‘पहिलोपटक पार्टी सभापति लामिछाने र बालेन एउटै मञ्चबाट चुनावी उद्घोष गर्नेछन् ।’ प्रवक्ता झाले कुनै दललाई स्पेश दिन मनोनयनको मिति सार्नु ठीकै भएपनि त्यसभित्र चुनाव नै बिथोल्ने छलछाम वा प्रपञ्च भए त्यो पार्टीलाई मान्य नहुने समेत बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]