
Jsbus
gms
Pbu
Ddhbs
Gsl
Rbs
Syees
syysr
Nssbus7
Bksbus5
Csbus
Amb
Ratbs
Gsbus
dsbus
Ssbus

Rgs
Rgu
Bbu
Sbs
Ssm
Wsp
Ksm
Gst
Asm
Rgu
Ggd
Sls
nsb
Vor
Hal
Tsm
Rsb
Bbbpu
Pvg

Rmb
Syp
bbt
Mks
Rpp
Gsb
Bml
Jmb
sab
Jmb
Ptm
Abd
Pls
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेसँगै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आइतबार अपराह्न जनकपुर पुगेका छन् ।
जनकपुर पुगेका शाहले त्यहाँको जानकी मन्दिरमा पुगेर दर्शन गर्नेछन् । राति जनकपुरमै बस्ने लामिछाने र शाहले सोमबार बिहान सिरहाको लहान प्रस्थान गर्नेछन् । मधेश आन्दोलनको क्रममा सहिद भएकाहरुको सम्झनामा माघ ५ गते बलिदानी दिवस मनाइन्छ । मधेश प्रदेश सरकारले बलिदानी दिवसमा बिदासमेत दिएको छ ।
त्यस्तै लहानमा रहेका मधेशी सहिदको पार्कमा पुगेर लामिछाने र बालेन्द्रले मालाअर्पण गर्नेछन् । ‘लहानको कार्यक्रमबाट फर्किएपछि जनकपुरको तिरहुतिया गाँछीमा आयोजना गरिएको परिवर्तनको उद्घोष सभामा नेताहरु सहभागी हुने जनाइएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै भने, ‘पहिलोपटक पार्टी सभापति लामिछाने र बालेन एउटै मञ्चबाट चुनावी उद्घोष गर्नेछन् ।’ प्रवक्ता झाले कुनै दललाई स्पेश दिन मनोनयनको मिति सार्नु ठीकै भएपनि त्यसभित्र चुनाव नै बिथोल्ने छलछाम वा प्रपञ्च भए त्यो पार्टीलाई मान्य नहुने समेत बताए ।
