
Lnp
Unsku
sbs
Gfs
Ggp
Pbu
Rgp1
Djs
cjs
Rgp
pku
Pes
Srbpu
Sgr

Rgu
Bbu
Ssm
Pvg
Tsm
Sls
Vor
Rsb
Gst
Asm
nsb
Ksm
Ggd
Wsp
Rgs
Sbs
Hal
Rgu
Bbbpu

Rmb
sab
Ptm
Syp
Jmb
Rpp
bbt
Mks
Bml
Gsb
Jmb
Pls
Abd
काठमाडौं । सरकारले थप ५० लाख डोज कोरोना खोप खरिदका लागि प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा थप खोप खरिदका लागि प्रक्रिया सुरु भइसकेको जानकारी दिनु भयो । ‘थप ५० लाख डोज खरिदका लागि प्रक्रिया शुरु गरिसकेका छौं’ अर्यालले बैठकमा भन्नु भयो ।
हालससम्म नेपालले जिटुजी मार्फत नै २० लाख डोज खोप खरिद गरेको छ । जसको पहिलो खेप १० लाख डोज नेपाल ल्याइसकिएको छ भने बाँकी १० लाख डोज ल्याउन बाँकी छ । भारतले १० लाख डोज र चीनले ८ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका छन् ।
हाल मन्त्रालयसँग रहेको र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने सचिव अर्यालले जानकारी दिनु भयो । उहाँले २ करोड १७ लाख नेपालीलाई कोरोना खोप लगाउने सरकारको तयारी रहेको बताउनु भयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले ३ लाख डोज खोप यही साताभित्र आउने र थप १० लाख डोज खोप १५ दिनभित्र आउने जानकारी दिए ।
