
Asb
Lnp
Jns
Lks
Ggp
ksb
Sgp
lnp
Usb
Dus
Rgp
Ggp
Rgp
Rgp
Rgp

lms

दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्येनजर गर्दै दाङका ३ वटै निर्वाचन क्षेत्रमा शुक्रवार निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृतको कार्यालय घोराहीमा उद्घाटन गरिएको छ । कार्यालयको उदघाटन मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले गरेका हुन् ।
यस्तैगरी निर्वाचन क्षेत्र नम्वर ३ को निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरमा उद्घाटन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जानकारी दिएको छ । उच्च सरकारी वकिलको कार्यालयमा निर्वाचन अधिकृत चन्द्र बहादुर सिजाली मगरले निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका हुन् ।
यस्तै निर्वाचन क्षेत्र नम्वर १ को निर्वाचन अधिकृतको कार्यालय लमहीमा उद्घाटन गरिएको छ । निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपालले उदघाटन गरेका हुन् । घोराहीमा मुख्य निर्वाचन अधिकृत र अन्य दुई वटा निर्वाचन क्षेत्रको कार्यालय सम्बन्धित निर्वाचन अधिकृतले उद्घाटन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी यहीँ माघ ६ गते मनोनयन दर्ता गर्ने निर्वाचन तालिका रहेको छ ।
