
Rgp
Asb
Rgp
Usb
Dus
lnp
Jns
Lnp
Rgp
ksb
Lks
Ggp
Sgp
Ggp
Rgp

lms

काठमाडौं । नेपाली काङ्ग्रेसमा संस्थापन र विशेष महाधिवेशन पक्षधर दुवैले आ-आफ्नै आधिकारिकता दाबी गरिरहेका छन् । आधिकारिकता बारेको विवाद निर्वाचन आयोगमा पुगेको छ ।
त्यस्तै आयोग परिसरमा दुवै पक्षबाट प्रदर्शन गर्ने, धर्ना दिनेजस्ता गतिविधि बढेको छ । आज दिनभर आयोगमा काङ्ग्रेसका नेता कार्यकर्ताको बाक्लै चहलपहल देखिएकाे छ ।
विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेको पक्षले आधिकारिकताको माग गरि हिजो आयोगमा निवेदन दर्ता गराएको थियो भने आज बिहान संस्थापन पक्षले दाबी निवेदन बुझाएको छ ।
यस्तै संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच यति बेला वैधानिकताको विषय उठेको छ । दुवै समूहका नेताहरू एकपछि अर्को गर्दै निर्वाचन आयोगमा पुगेर दबाव बढाइरहेका बेला आधिकारिकताबारेको विवाद छिटो टुङ्ग्याउन निर्वाचन आयोगमाथि समयको पनि दबाव छ ।
त्यस्तै भीड बढ्न थालेसँगै आयोगले आज बेलुका गेट बन्द गरेको छ भने आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगले दुवै पक्षको निवेदन तथा दाबीमाथि छलफल गरिरहेको जनाएको छ ।
