
Jsbus
Ratbs
Gsl
Pbu
Csbus
gms
syysr
Ssbus
Syees
Amb
Bksbus5
Nssbus7
dsbus
Ddhbs
Gsbus
Rbs

Ksm
Pvg
Asm
Rgu
Bbbpu
Ssm
Rsb
Sls
Gst
Tsm
Ggd
Rgu
nsb
Wsp
Hal
Bbu
Rgs
Sbs
Vor

Rpp
Rmb
Gsb
Jmb
Syp
Ptm
Jmb
Bml
Abd
Pls
bbt
Mks
sab
दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले घोराही–तुलसीपुर चारलेन सडकको निर्माणको अवस्थाबारे जानकारी लिएका छन् ।
यस क्षेत्रको बहुप्रतिष्ठित योजनाका रुपमा रहेको चारलेन सडक निर्माणस्थलमै पुगेर महासचिव पोखरेलले सडक निर्माणको प्रगतिका विषयमा जानकारी लिएका हुन् ।
डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले महासचिव पोखरेलले सडक निर्माणमा केही समस्या भए सहजीकरण गर्न तयार रहेको बताएको र निर्धारित समयमै सडक निर्माण सम्पन्न गर्न आग्रह गरेको जानकारी दिए ।
त्यस्तै उनले कार्यालयको तर्फबाट अहिलेसम्मको कामको प्रगतिबारे महासचिवलाई जानकारी गराइएको बताए ।“नेकपा (एमाले) का महासचिवले चारलेन सडक निर्माणमा चासो लिए । बिहानै सडक निर्माणस्थलमा आएर सडक निर्माणमा केही असहजता भएमा भन्नु होला, हामी सहजीकरण गर्न तयार छौँ भन्नु भयो”, कार्यालय प्रमुख विष्टले भने, “कार्यालयको तर्फबाट हामीले हालसम्म भएको प्रगतिबारे उहाँलाई जानकारी गरायौँ । उहाँले समयमै निर्माण सम्पन्न गर्नमा कार्यालयकोतर्फबाट भूमिका खेल्न आग्रह गर्नुभएको छ ।”
२ अर्ब ८८ करोड ८२ लाख ३९ हजार ७ सय ८० रुपैयाँ २३ पैसा (भ्याट बाहेक) अनुमानित लागतमा निर्माण भइरहेको यो सडक तीन वर्षभित्र सम्पन्न गर्नेगरी श्री दिवा–बन्दन भगवती जे.भी. ले निर्माणको जिम्मा लिएको विष्टले जानकारी दिए । उनका अनुसार सडक ३० मिटर चौडा हुनेछ ।
२०८२ असार २४ गते ठेक्का सम्झौता भएको उक्त सडकलाई निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको भन्दै कार्यालय प्रमुख विष्टले हाल माटोपटान,सडक संरचनाहरु निर्माण, बिजुलीका पोल सार्ने काम तथा रुख कटान छपानजस्ता कार्यहरु सञ्चालनमा रहेका छन् ।
यस्तै यसअघि भारतीय एक्जिम बैंकको लगानीमा भारतीय ठेकेदारले नै काम गरेका थिए । त्यसका लागि छुट्टै परियोजनाले कामको निगरानी गर्ने गथ्र्यो तर पाँच वर्षसम्म पनि १० प्रतिशतभन्दा कम काम भएपछि ठेक्का रद्द गरिएको थियो । अहिले नेपाल सरकारले नै बजेट विनियोजन गरी नेपाली ठेकेदारलाई काम दिएको छ । यस आयोजनाको अनुगमन तथा व्यवस्थापनको जिम्मेवारी डिभिजन सडक कार्यालय दाङले पाएको प्रमुख विष्टले बताए ।
तीस महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङले सडक अलपत्र पारेको थियो । पटक–पटक म्याद थप गरी निर्माणको पहल गर्दा पनि कामले गति लिन नसकेपछि २०८० जेठमा उक्त कम्पनीसँगको ठेक्का सम्झौता सरकारले रद्द गरेको थियो ।
यस्तै सडक निर्माणका लागि पाँच पटकसम्म म्याद थप गरिएको थियो । स्थानीय पेटी ठेक्कामार्फत् काम गर्न खोजिएको भएपनि भारतीय निर्माण कम्पनीले निर्माण कार्य अघि बढाउन सकेको थिएन । ठेक्का सम्झौता तोडिएपछि सरकारले घोराही–तुलसीपुर सडक निर्माण आफै गर्ने निर्णय गरेको हो ।
लामो समयसम्म सडक निर्माण अघि नबढेपछि महासचिव पोखरेलकै सक्रियतामा सडकको जिम्मा नेपाल सरकारले लिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री रहेका बेला पोखरेलले सडक निर्माणको स्वामित्व सरकारले लिने निर्णय गराउन सफल भएका थिए । पार्टीका महासचिवका रूपमा पोखरेलले करिव चार अर्ब रुपैयाँ बजेट सुनिश्चित गराएर अलपत्र सडक निर्माणलाई अघि बढाउन भूमिका खेलेका थिए ।
चारलेन सडकको विषयमा पोखरेलकै पहलमा अर्थ मन्त्रालयले २०८१ मंसिर ११ गते राष्ट्रिय योजना आयोगलाई पत्र लेख्दै बजेट सुनिश्चित भएको जानकारी गराएको थियो । मदन भण्डारी राजमार्गअन्तर्गत करिब तीन अर्ब ९९ करोड ४९ लाख रुपैयाँको बहुवर्षिय ठेक्काका लागि स्रोत सहमतिका लागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगसमक्ष पत्र पठाएको थियो । घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म करिब २१ दशमलव ५८ किलोमिटर क्षेत्रलाई चारलेन बनाइने छ । फोरलेन सडककै लागि पुल पनि फोरलेन बनाउने गरी केही खोलामा ठेक्का समेत भएको छ ।लाइभदाङ
