
Ssbus
Bksbus5
Ddhbs
Ratbs
Jsbus
Pbu
Rbs
Gsbus
Csbus
Gsl
Amb
dsbus
gms
Nssbus7

Rgu
Bbu
Bbbpu
Rgu
Pvg
Ssm
Rsb
Vor
Rgs
Tsm
Ggd
Wsp
Sls
Asm
Gst
Ksm
Hal
nsb
Sbs

Syp
Rpp
Mks
Rmb
Ptm
Bml
bbt
Gsb
Jmb
Abd
sab
Pls
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर–२,कोठहरी स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
समूहका अध्यक्ष देवेन्द्र कुमार यादवको अध्यक्षता तथा डिभिजन वन कार्यालय लमहीका सहायक वन अधिकृत हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यता एवम् मावि पचहियाका प्रधानाध्यापक योगनारायण चौधरी विशिष्ट अतिथिमा कार्यक्रम भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि पौडेलले वन तथा वातावरण संरक्षणमा विद्यार्थीलाई जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम प्रशंसनीय रहेको बताए । वनसँग सम्बन्धित विषयवस्तुलाई समेटेर विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालन गर्नु यस सामुदायिक वनको पहिलो प्रयास भएको उल्लेख गर्दै उनले वन मानव तथा सम्पूर्ण पशुपंक्षीका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे। वन र वातावरण नभए मानव जीवन सम्भव नरहने भन्दै उनले वन संरक्षणमा सबैको साझा दायित्व रहेको बताए।
त्यस्तै उनले सामुदायिक वन उपभोक्ता समूहले अहिलेसम्म उपभोक्ता र आयआर्जनमुखी कार्यक्रमहरु सञ्चालन गर्दै आएको भएपनि यसपटक फरक ढंगले विद्यार्थीलाई सहभागी गराउँदै सचेतना फैलाउने प्रयास सराहनीय भएको बताए। अन्य सामुदायिक वन समूहहरुलाई पनि इको–क्लब गठन गरी वन संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्न पौडेलले आग्रह गरेका छन् ।
वन डढेलो नियन्त्रणमा मानव सचेतना अत्यावश्यक रहेको उल्लेख गर्दै उनले ९९ प्रतिशत वन डढेलो मानवीय कारणले र १ प्रतिशत मात्र प्राकृतिक कारणले हुने तथ्य प्रस्तुत गरहेका छन् । वन संरक्षणमार्फत वायुमण्डलमा रहेको कार्बन कटौती गरी नेपालले अन्तर्राष्ट्रिय स्तरबाट आर्थिक लाभसमेत प्राप्त गरिरहेको जानकारी दिँदै वन डढेलो नियन्त्रणमा विद्यार्थीहरुको भूमिका झनै महत्त्वपूर्ण हुने भएकाले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिन आग्रह गरेका छन् ।
त्यस्तै विशिष्ट अतिथि चौधरीले यस्ता कार्यक्रमबाट विद्यार्थीहरुले वन तथा वातावरणसम्बन्धी व्यवहारिक ज्ञान प्राप्त गर्ने र वन संरक्षणप्रति सचेतना बढ्ने विश्वास व्यक्त गरे।
यस्तै कार्यक्रमका सभाध्यक्ष यादवले कार्यक्रममा सहभागी सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा वनसम्बन्धी नीति,नियम,चोरी निकासी नियन्त्रण तथा संरक्षणसम्बन्धी तालिम कार्यक्रम आयोजना गरिने जानकारी दिए । वन डढेलो नियन्त्रण तथा संरक्षणमा सबैको हातेमालो आवश्यक रहेको उनको भनाइ छ ।
हाजिरी जवाफ प्रतियोगितामा विभिन्न विद्यालय तथा सामुदायिक वन गरी ११ वटा समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा मावि पचहियाले तृतीय स्थान,शान्ति सामुदायिक वनले दोस्रो स्थान र शुभतारा माविले प्रथम स्थान हासिल गरेको थियो । प्रथम,द्वितीय र तृतीय हुने समूहलाई क्रमशः नगद ९ हजार,६ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा शान्ति सामुदायिक वनका कार्यसमिति सदस्य,सल्लाहकार,उपभोक्ता,शिक्षक–शिक्षिका, विद्यार्थी तथा युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
समूहका सल्लाहकार समिति सदस्य रेवतीप्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन समूहका कार्यक्रम संयोजक भानुनाथ योगी र मावि पचहियाका शिक्षक अमरनाथ चौधरीले संयुक्त रुपमा गरेका थिए ।

