
Rgp
Sgp
Rgp
Asb
lnp
Lnp
Lks
Ggp
Ggp
ksb
Jns
Dus
Rgp
Rgp
Usb

lms

काठमाडौँ । हृदयघातका कारण नायक तथा गायक प्रशान्त तामाङको निधन भएको छ । उनको आइतबार निधन भएको हो ।
इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए । जसको डबिङ समेत बाँकी रहेको छ । तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका छन् । उनले थुप्रै चर्चित गीत दिएका छन् ।
त्यस्तै भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् । उनी पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ । त्यहीँ उनको निधन भएको जनाइएको छ ।
