
Gsbus
Syees
Amb
dsbus
Csbus
Ddhbs
Ssbus
Bksbus5
Ratbs
Gsl
gms
Jsbus
Nssbus7
Rbs
Pbu
syysr

Sls
Rsb
Hal
Rgu
Rgu
Vor
Rgs
Wsp
Ksm
Asm
Gst
Ggd
Bbu
Sbs
Tsm
Bbbpu
Pvg
Ssm
nsb

Rpp
Abd
Pls
Syp
Jmb
sab
Mks
Rmb
Gsb
Bml
Ptm
Jmb
bbt
कैलाली । उज्यालो नेपाल पार्टीका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीको नेतृत्वमा २० केन्द्रीय सदस्यहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै रहने निर्णयमा पुगेका छन् ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीचपार्टी एकता भंग भएपनि उनीहरु एकताको पक्षमै अडिग रहेको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भंग भएसँगै दुबै दलले आ–आफ्ना आकस्मिक बैठक बोलाएका छन् । एकता टुटेसँगै दलभित्र आन्तरिक छलफल तीव्र बनेको छ।
यस्तै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ अध्यक्षमै रहने तयारीमा रहेको बताइए पनि पार्टीका केही केन्द्रीय सदस्यहरू भने एकताकै पक्षमा उभिने संकेत देखिएको छ। “हामी एकताको पक्षमा छौँ, अब उज्यालो नेपालमा फर्किँदैनौँ,” उज्यालो नेपालका एक केन्द्रीय सदस्यले भने, “हामी रास्वपामै रहन्छौँ।”
त्यस्तै उज्यालो नेपाल पार्टीले ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाइसकेको भएपनि स्रोतका अनुसार तीमध्ये करिब २० जना केन्द्रीय सदस्यहरु एकताको निर्णयबाट पछि नहट्ने अडानमा छन् । उनीहरु हाल आन्तरिक छलफलमा जुटेको बताइएको छ ।
