
gms
Syees
Amb
syysr
Gsbus
dsbus
Pbu
Gsl
Csbus
Bksbus5
Jsbus
Ratbs
Ssbus
Nssbus7
Rbs
Ddhbs

Asm
Ssm
Tsm
Ksm
Sbs
Bbbpu
Rgu
Gst
Ggd
Hal
Bbu
Sls
Wsp
Rgu
Pvg
Vor
Rsb
nsb
Rgs

Pls
Jmb
sab
Rpp
Ptm
bbt
Syp
Bml
Jmb
Abd
Rmb
Mks
Gsb
दाङ । एमालेबाट राजीनामा दिएका गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएका छन् ।
काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उक्त समूह औपचारिक रुपमा पार्टीमा समाहित भएको हो । समाहित भएका नेताहरुलाई आयोजित स्वागत कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड,सह–संयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले खादामाला लगाएर स्वागत गरेका थिए ।
त्यस्तै पार्टीमा समाहित हुनेहरुमा एमालेबाट दाङ क्षेत्र नम्बर २ (ख )का प्रदेशसभा उम्मेदवार गिरिराज केसी,घोराही नगरपालिकाका पूर्व मेयर दामोदर अधिकारी,ध्रुव आचार्य, कालुराम चौधरी,दुर्गादत्त शर्मा,आरडी यादव,पिताम्बर आचार्य लगायत नेताहरु रहेका छन् ।
कार्यक्रममा बोल्दै स्वतन्त्र वाम समूहका नेता केसीले वाम एकता र जनमुखी राजनीतिका लागि नेपाली कम्युनिस्ट पार्टी उपयुक्त थलो भएको बताए । उनले भने,“देशको वर्तमान राजनीतिक अवस्था र जनताको अपेक्षालाई सम्बोधन गर्न सशक्त वाम शक्तिको आवश्यकता छ,त्यसैको निरन्तरताका लागि हामी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हौँ।”यसैगरी,नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य निर्मल आचार्यले स्वतन्त्र वाम समूहसँगको एकताले पार्टी थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले भने, “स्वतन्त्र वाम समूह मार्फत दाङलगायत विभिन्न जिल्लामा क्रियाशील अन्य नेताहरुलाई काठमाडौँ तथा जिल्लास्तरमै आयोजना हुने कार्यक्रममार्फत चरणबद्ध रुपमा पार्टीमा स्वागत गरिनेछ।”
त्यस्तै पार्टी नेतृत्वले यो समाहितीले वाम आन्दोलनलाई नयाँ ऊर्जा दिने र संगठन विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
