
Ddhbs
Gsbus
Syees
Bksbus5
Csbus
syysr
Jsbus
Amb
dsbus
Nssbus7
gms
Ratbs
Ssbus
Pbu
Rbs
Gsl

Ksm
Rgu
Bbbpu
Rgs
Hal
Rgu
Sbs
Gst
Wsp
Ssm
Vor
Rsb
Tsm
Sls
Asm
Ggd
Bbu
Pvg
nsb

Bml
Pls
Gsb
Abd
Mks
Jmb
Ptm
bbt
Jmb
sab
Rmb
Rpp
Syp
दाङ । आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिएका बासुदेव घिमिरे जङ्गलीको उम्मेदवारीमाथि उजुरी परेको छ ।
कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका घिमिरे गैरअपाङ्ग भएको दाबी गर्दै उनको उम्मेदवारी खारेज गर्न माग गरिएको हो ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरका अनुसार नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका सर्जन विकले उजुरी दर्ता गराएका हुन् । उनका अनुसार उजुरीमाथि छानबिन तथा कारबाही प्रक्रिया सुरु भइसकेको छ र यसको अन्तिम निर्णय अन्तिम नामावली सार्वजनिक हुँदा जानकारी गराइनेछ ।
त्यस्तै अपाङ्गता क्लस्टरका उम्मेदवार घिमिरे ‘घ’ वर्गको अपाङ्गता भएको दाबी पारिवारिक स्रोतले गरेको छ । निर्वाचन कार्यालयले कानुनी प्रक्रिया अनुसार प्रमाणको अध्ययनपछि निर्णय लिने जनाएको छ । माघ ११ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेशमा महिला, अपाङ्गता र अन्य क्लस्टर गरी रिक्त तीन पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता गर्नेमा कांग्रेस–एमाले गठबन्धनका तर्फबाट तीन जना, नेपाली कम्युनिस्ट पार्टीकाे तर्फबाट तीन जना र राष्ट्रिय जनमोर्चाका तर्फबाट दुई जना रहेका छन् ।
कांग्रेस–एमाले गठबन्धनबाट महिला क्लस्टरमा एमालेकी रामकुमारी झाँक्री,अपाङ्गता क्लस्टरमा कांग्रेसका बासुदेव घिमिरे जङ्गली र अन्य क्लस्टरमा नेपाली कांग्रेसकै चन्द्र केसीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट अपाङ्गता क्लस्टरमा सर्जन विक, अन्य क्लस्टरमा बृहस्पति अधिकारी र महिला क्लस्टरमा दुर्गा भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाले अन्य क्लस्टरमा प्यूठानका बोमबहादुर खत्री र महिला क्लस्टरमा प्यूठानकी पद्मा पण्डितलाई उम्मेदवार बनाएको जनाएको छ ।
त्यस्तै प्रदेशमा कुल मतभार ८ हजार ७५३ रहेको छ । यसमध्ये नेपाली कांग्रेसको ३ हजार १७९, एमालेको २ हजार ८१० र माओवादी–एकीकृत समाजवादी गठबन्धनको २ हजार ६८६ मतभार रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
