Sidha Patra बिहिबार, पुष २४, २०८२

दाङ । आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिएका बासुदेव घिमिरे जङ्गलीको उम्मेदवारीमाथि उजुरी परेको छ ।

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका घिमिरे गैरअपाङ्ग भएको दाबी गर्दै उनको उम्मेदवारी खारेज गर्न माग गरिएको हो ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरका अनुसार नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका सर्जन विकले उजुरी दर्ता गराएका हुन् । उनका अनुसार उजुरीमाथि छानबिन तथा कारबाही प्रक्रिया सुरु भइसकेको छ र यसको अन्तिम निर्णय अन्तिम नामावली सार्वजनिक हुँदा जानकारी गराइनेछ ।

त्यस्तै अपाङ्गता क्लस्टरका उम्मेदवार घिमिरे ‘घ’ वर्गको अपाङ्गता भएको दाबी पारिवारिक स्रोतले गरेको छ । निर्वाचन कार्यालयले कानुनी प्रक्रिया अनुसार प्रमाणको अध्ययनपछि निर्णय लिने जनाएको छ । माघ ११ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेशमा महिला, अपाङ्गता र अन्य क्लस्टर गरी रिक्त तीन पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता गर्नेमा कांग्रेस–एमाले गठबन्धनका तर्फबाट तीन जना, नेपाली कम्युनिस्ट पार्टीकाे तर्फबाट तीन जना र राष्ट्रिय जनमोर्चाका तर्फबाट दुई जना रहेका छन् ।

कांग्रेस–एमाले गठबन्धनबाट महिला क्लस्टरमा एमालेकी रामकुमारी झाँक्री,अपाङ्गता क्लस्टरमा कांग्रेसका बासुदेव घिमिरे जङ्गली र अन्य क्लस्टरमा नेपाली कांग्रेसकै चन्द्र केसीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट अपाङ्गता क्लस्टरमा सर्जन विक, अन्य क्लस्टरमा बृहस्पति अधिकारी र महिला क्लस्टरमा दुर्गा भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाले अन्य क्लस्टरमा प्यूठानका बोमबहादुर खत्री र महिला क्लस्टरमा प्यूठानकी पद्मा पण्डितलाई उम्मेदवार बनाएको जनाएको छ ।

त्यस्तै प्रदेशमा कुल मतभार ८ हजार ७५३ रहेको छ । यसमध्ये नेपाली कांग्रेसको ३ हजार १७९, एमालेको २ हजार ८१० र माओवादी–एकीकृत समाजवादी गठबन्धनको २ हजार ६८६ मतभार रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]