
gms
Nssbus7
Jsbus
dsbus
Bksbus5
Pbu
Amb
Csbus
Gsl
Syees
Gsbus
Ddhbs
syysr
Rbs
Ratbs
Ssbus

Rgu
Hal
Rgu
Bbu
Asm
Gst
Vor
Rgs
Sbs
Sls
Tsm
Bbbpu
Ssm
Rsb
nsb
Ggd
Ksm
Pvg
Wsp

Jmb
Abd
Gsb
bbt
sab
Mks
Bml
Jmb
Ptm
Rpp
Syp
Rmb
Pls
काठमाडौं । नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको हो ।
त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनको सूचना तथा प्रचारप्रसार समितिका संयोजक सुवास पाेखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रीय विशेष महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिए । उनले केन्द्रीय विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई सक्रिय र उत्साहपूर्ण रुपमा सहभागी हुन आग्रह गरे ।
पाेखरेलले पार्टी केन्द्रले विशेष महाधिवेशनको स्वामित्त लिँदै आफ्नो दायित्व पूरा गर्ने विश्वास पनि व्यक्त गरे । वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई एकताबद्ध र थप सुदृढ बनाउन यो विशेष महाधिवेशन कोशेढुङ्गा सावित हुने उनको दाबी छ ।
पाेखरेलले महाधिवेशनको तयारीका लागि १८ वटा विभिन्न समिति गठन गरिएको जानकारी पनि दिए । पार्टीभित्र बढ्दो विवाद र नेतृत्व तहको असन्तुष्टिका बीच विशेष महाधिवेशन पक्षधरले केन्द्रीय महाधिवेशन आह्वान गरेको हो । पार्टी कार्यसम्पदान समितिको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै आउँदाे जेठ मसान्तसम्मका लागि केन्द्रीय कार्यसमितिको कार्यअवधि थप गरिसकेको छ ।
