
Amb
Ssbus
gms
Rbs
Ddhbs
Csbus
dsbus
Gsl
Gsbus
Ratbs
Jsbus
Bksbus5
Pbu
Nssbus7

Sbs
Bbbpu
Rgu
Pvg
Ksm
Vor
Asm
Rsb
Hal
Bbu
Wsp
Gst
Tsm
Ggd
Rgu
Rgs
nsb
Sls
Ssm

Syp
sab
Pls
bbt
Mks
Jmb
Gsb
Rmb
Jmb
Ptm
Rpp
Bml
Abd
दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँकमिटी अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता र नेकपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दामा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले झापा आन्दोलन देखि सुखानी शहीदहरुको सपना क्रमशः पूरा हुँदै गएको बताउनु भयो ।
त्यस्तै उहाँले लामो समयको त्याग र बलिदान पछि मात्र प्राप्त भएको लोकतन्त्र तथा एउटा शहीदले बगाएको रगत एवं पसिना र देखेको सपना कहिले पनि अधुरो हुन नदिने र शहीदले देखाएको बाटोमा सधैब हिड्ने बताउनु भएको छ । यसैगरी उहाँले कार्यक्रममा पछिल्लो समय देशको राजनीति बिषय बस्तुमा नेता तथा कार्यकर्तालाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर १ देखि ७ नम्बर वडाका २१ जना शहीद परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै सो कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढा,वडा नम्बर ६ का वडा अध्यक्ष श्यामबहादुर रोका (आक्रमण),नेकपा राजपुर गाउँपालिका वडा नम्बर २ कमिटीका अध्यक्ष तुलसीराम भण्डारी,दलित संगठन राजपुरका संयोजक मोहनलाल बिक लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो भने सो कार्यक्रमको संचालन नेकपा राजपुर गाउँ कमिटीका सचिवालय सदस्य देबिराम सुनार (अपिल)ले गर्नु भएको थियो ।
