
dsbus
Ssbus
Ratbs
Pbu
Ddhbs
Amb
Bksbus5
gms
Nssbus7
Gsl
Syees
syysr
Csbus
Gsbus
Jsbus
Rbs

Sls
Ggd
nsb
Vor
Rsb
Pvg
Bbbpu
Wsp
Bbu
Ksm
Rgs
Sbs
Rgu
Ssm
Gst
Rgu
Hal
Tsm
Asm

Rmb
Abd
Gsb
Mks
Ptm
Bml
Syp
bbt
sab
Pls
Jmb
Rpp
Jmb
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ पुस्ता देशको नेतृत्व गर्न पूर्ण रुपमा सक्षम रहेको दाबी गर्दै पुराना राजनीतिक दलहरुलाई अब चिन्ता नगर्न आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित वृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले पुराना नेताहरुले नयाँ पुस्ताप्रति शंका गर्ने गरेको उल्लेख गर्दै देश जोगाउने तागत आफूहरुमा रहेको बताएका हुन् ।
त्यस्तै सभापति लामिछानेले पुराना दलका नेताहरुलाई लक्षित गर्दै भने,‘तपाईंहरुको हातबाट जाँदा मुलुक संकटमा पर्ने हो कि भनेर चिन्ता नगर्नुहोस्,हामी सम्हाल्छौँ। तपाईंहरुले बजेट भाषणमा मात्र सीमित राखेको संसदलाई जनचासोको केन्द्र बनाउने काम रास्वपाले नै गरेको हो।’ उनले अबको पुस्ताले बिग्रिएको अर्थतन्त्र, कमजोर वैदेशिक सम्बन्ध र खस्किएको राष्ट्रिय मनोबललाई उकास्ने दाबी समेत गरे ।
यस्तै उनले पुराना दलहरुले देशलाई निराशातर्फ धकेलेको र सम्भावना नै सम्भावना भएको मुलुकलाई सम्भावनाहीन बनाएको आरोप लगाए। ‘जुन राजनीतिले देशलाई हैतराम बनायो, मान्छेलाई देश छोडेर जाने बनायो, त्यो कस्तो राजनीति हो?’ लामिछानेले प्रश्न गरे । उनले आफूहरु राजनीतिक रुपमा परिपक्व हुँदै गएको र मुलुकलाई सही गन्तव्यमा पुर्याउन क्षमतावान् पुस्ता साथमा लिएर हिँडेको बताए ।
त्यस्तै सम्बोधनका क्रममा लामिछानेले अहिलेको राजनीतिक संकट समाधान गर्ने एकमात्र विकल्प निर्वाचन नै भएको उल्लेख गरे । उनले निर्वाचनको वातावरण खल्बल्याउने खालका कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दै अबको निर्वाचनले देशको भविष्य बदल्ने जिकिर गरे। रास्वपाले संसदका हरेक अधिवेशनलाई नागरिक र युवाहरुले चासोपूर्वक हेर्ने वातावरण निर्माण गरेको भन्दै उनले आफ्नो पार्टीले छोटो समयमै जनताको भरोसा जितेको दाबी समेत गरे ।
