Sidha Patra सोमबार, पुष २१, २०८२

दाङ । नेकपा एमाले पार्टी राजपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष हेमकुमार जिसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

उनलाई आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले प्रवेश गराएका हुन् । जिसी पार्टीमा प्रवेश गर्दै भने राष्ट्रिय राजनीतिमा पुराना दलबाट देशले निकास नपाउने देखिएपछि आफू राष्ट्रिय स्वतन्त्र पार्टी रोजेको बताए । सिधाान्तले नभएर बिचारले मात्र पार्टी बन्ने भएको हुँदा बिचारमा चल्नुपर्ने उनले बताए ।

पुराना दललाई जनताले विश्वस गरेर यहाँसम्म पुराएको भएतापनि तीन दल एमाले,काङ्ग्रेस, माओवादीहरुले आफन्तको वरिपरि घुमेर जनतालाई कुठाराघात गरेको हुँदा आज यो अबस्था आएको हो जिसीले भने । आफू २०७४ सालमा आफ्नो सेवा अवधि पूरा गरेर पार्टीमा आउँदै गर्दा स्थानीय तहको निर्वाचनबाट राजपुर गाउँपालिकाको वडामा माओवादीले जितेको र पालिकामा काङ्ग्रेसले जितेको अवस्था थियो । पार्टी २००६ सालमा जन्मेको भएपनि एमाले पार्टी नाम मात्रको पार्टी रहेको र संगठन कुनैपनि विस्तार नरहेको समयमा आफु जिल्ला कमिटी सदस्य भएर संगठन कमिटी समेत चलाएको बताए ।

२०७६ साल भदौ ९ गते पहिलो अधिवेशन भएको र उक्त अधिवेशनबाट आफुलाई पार्टीले राजपुर गाउँपालिकाको कार्यकारी अध्यक्ष भुमिकामा बिजय बनाएपछि आफुहरु निर्वाचनमा लागेर २०७९ को निर्वाचनमा आउँदा दुई वटा वडामा विजय हासिल गर्न सफल भएको र ६ नम्बर वडाको उम्मेदवारलाई माओवादीले अपहरण गरेर वारेसनामा मार्फत उम्मेदवारी फिर्ता गर्न लगाएपछि फिल्डमा ४ जना उम्मेदवार भएको र ६ नम्बर वडा विजय गराएको भएपनि २१ मतले मात्र आफुहरु हारेको बताए ।

त्यस्तै दोस्रो अधिवेशन २०८१ मा आइपुग्दा राजपुर गाउँपालिकामा पार्टी बलियो भएको र जसको फल स्वरुप पार्टी भित्र एक किसिमको तरंग भएर पार्टी भित्रनै नेताहरुले गुटबन्दी गरेको जिसीले भने । साबिकको बेला गाविस र राजपुर गाविस एक भएर राजपुर गाउँपालिका भएको पालिकामा पहिलो अधिवेशनबाट जसरी पालिका कमिटी गठन भएको थियो त्यसैगरी दोस्रो अधिवेशनमा आइपुग्दा त्यसरी हुन नसकेको उनले बताए ।

दोस्रो अधिवेशनमा आफू अध्यक्ष पदमा चुनाव लड्ने योजना भएपछि अध्यक्ष २ नम्बरबाट,उपाध्यक्ष १ नम्बरबाट र सचिव २ नम्बर वडाबाट,उपसचिव दुई नम्बरबाट गरेर जुन पदाधिकारी चयन गर्ने सिस्टम छ त्यो १ र दुई नम्बरको वडामा मात्र सिमित बनाएर सिङ्गो पालिकालाई खाली बनाएपछि आफु पार्टी अध्यक्ष भएतापनि पार्टी चलाउन सक्ने अवस्था नरहेको बताए ।

यसको रिपोर्टिङ जिल्लामा थुप्रै गराएको भएपनि कुनै सुनुवाइ नभएको र पार्टी गुटमा विभाजित भएपछि आफुले यसको विरोध समेत गर्दै आएको जिसीले बताए । उनले भने अन्तिममा आएर गाउँपालिका कमिटी बैठक ४ नम्बर वडामा बस्दै गर्दा मैले राजीनामा गर्छु पार्टी चलाउन सक्दैन तपाईहरुले जसलाई अध्यक्ष बनाउनु हुन्छ बनाउनुस भनेर पार्टीको कमिटी विघटन संघीय इन्चार्ज र प्रदेश इन्चार्जको उपस्थितिमा पालिका कमिटीलाई अवगत गराएको भएतापनि अहिलेसम्म कुनै सुनुवाइ नभएको र पार्टी गुटमा बिभाजन भएको र आफू गुटको नेता बन्न नचाहेको हुँदा पार्टीबाट राजीनामा दिएको जिसीले बताए ।

त्यस्तै उनले भने एमाले अध्यक्ष केपी शर्मा ओली देशको सरकार प्रमुख हुँदै गर्दा गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा १७ जना काठमाडौं र २ जना इटहरी गरि १९ जनाको मृत्यु भएको र सयौंको संख्यामा बालबालिकाहरु घाइते भएको समयमा अध्यक्ष ओलीले मृतकलाई श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत नदिएको बताए । जिसीले भने बालबालिकालाई गोलि हानी हत्या गर्नेलाई उच्च स्तरीय छानबिन गरेर कारबाही गर्ने कुनैपनि प्रतिबद्धता समेत नजनाएर अहम्ता देखाएको देख्दा आफू निराश भएको बताए । उनले भने आफुहरु ग्रास लेबलमा अध्यक्ष भएर जिताएर पठाएको नेताहरु संवेदनहीन हुने देखेको र आफुहरु कुनै स्वार्थ लिएर पार्टी अध्यक्ष नभएको हुँदा पार्टी अध्यक्ष त्याग्न कुनै गाह्रो नभएको समेत बताए ।

यस्तै अहिले बैकल्पिक शक्तिका रुपमा अघि बढेको पार्टीलाई मुलधारमा ल्याउने र देश रबि लामिछाने, बालेन शाह,कुलमान घिसिङ जस्ता युवाहरुले चलाउन सके मात्र देशलाई निकास दिन सकिन्छ भन्ने हेतुले आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएर जनता माझ जान लागेको बताए । उनले आफ्नो योग्यता र क्षमतालाई पार्टीले मुल्यांकन गरेर उचित जिम्मेवारी दिने छ भन्ने विश्वस गरेको बताए ।

त्यस्तै राजपुर-७ को ताली खोला गाउँदेखि राम सिंह राणाको नेतृत्वमा शनिबार ३५ जना रास्वपामा प्रवेश गरेको लुम्बिनी प्रदेश सभापति देवराज पाठकले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]