
gms
Ddhbs
Gsbus
Pbu
dsbus
Jsbus
Ssbus
Amb
syysr
Syees
Nssbus7
Bksbus5
Ratbs
Rbs
Gsl
Csbus

Wsp
Rgu
Sbs
Bbu
Bbbpu
Pvg
nsb
Rgs
Gst
Rgu
Ssm
Sls
Vor
Ggd
Tsm
Hal
Rsb
Ksm
Asm

Rpp
Jmb
sab
Ptm
Pls
Rmb
Syp
bbt
Bml
Abd
Gsb
Mks
Jmb
दाङ । नेकपा एमाले पार्टी राजपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष हेमकुमार जिसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
उनलाई आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले प्रवेश गराएका हुन् । जिसी पार्टीमा प्रवेश गर्दै भने राष्ट्रिय राजनीतिमा पुराना दलबाट देशले निकास नपाउने देखिएपछि आफू राष्ट्रिय स्वतन्त्र पार्टी रोजेको बताए । सिधाान्तले नभएर बिचारले मात्र पार्टी बन्ने भएको हुँदा बिचारमा चल्नुपर्ने उनले बताए ।
पुराना दललाई जनताले विश्वस गरेर यहाँसम्म पुराएको भएतापनि तीन दल एमाले,काङ्ग्रेस, माओवादीहरुले आफन्तको वरिपरि घुमेर जनतालाई कुठाराघात गरेको हुँदा आज यो अबस्था आएको हो जिसीले भने । आफू २०७४ सालमा आफ्नो सेवा अवधि पूरा गरेर पार्टीमा आउँदै गर्दा स्थानीय तहको निर्वाचनबाट राजपुर गाउँपालिकाको वडामा माओवादीले जितेको र पालिकामा काङ्ग्रेसले जितेको अवस्था थियो । पार्टी २००६ सालमा जन्मेको भएपनि एमाले पार्टी नाम मात्रको पार्टी रहेको र संगठन कुनैपनि विस्तार नरहेको समयमा आफु जिल्ला कमिटी सदस्य भएर संगठन कमिटी समेत चलाएको बताए ।
२०७६ साल भदौ ९ गते पहिलो अधिवेशन भएको र उक्त अधिवेशनबाट आफुलाई पार्टीले राजपुर गाउँपालिकाको कार्यकारी अध्यक्ष भुमिकामा बिजय बनाएपछि आफुहरु निर्वाचनमा लागेर २०७९ को निर्वाचनमा आउँदा दुई वटा वडामा विजय हासिल गर्न सफल भएको र ६ नम्बर वडाको उम्मेदवारलाई माओवादीले अपहरण गरेर वारेसनामा मार्फत उम्मेदवारी फिर्ता गर्न लगाएपछि फिल्डमा ४ जना उम्मेदवार भएको र ६ नम्बर वडा विजय गराएको भएपनि २१ मतले मात्र आफुहरु हारेको बताए ।
त्यस्तै दोस्रो अधिवेशन २०८१ मा आइपुग्दा राजपुर गाउँपालिकामा पार्टी बलियो भएको र जसको फल स्वरुप पार्टी भित्र एक किसिमको तरंग भएर पार्टी भित्रनै नेताहरुले गुटबन्दी गरेको जिसीले भने । साबिकको बेला गाविस र राजपुर गाविस एक भएर राजपुर गाउँपालिका भएको पालिकामा पहिलो अधिवेशनबाट जसरी पालिका कमिटी गठन भएको थियो त्यसैगरी दोस्रो अधिवेशनमा आइपुग्दा त्यसरी हुन नसकेको उनले बताए ।
दोस्रो अधिवेशनमा आफू अध्यक्ष पदमा चुनाव लड्ने योजना भएपछि अध्यक्ष २ नम्बरबाट,उपाध्यक्ष १ नम्बरबाट र सचिव २ नम्बर वडाबाट,उपसचिव दुई नम्बरबाट गरेर जुन पदाधिकारी चयन गर्ने सिस्टम छ त्यो १ र दुई नम्बरको वडामा मात्र सिमित बनाएर सिङ्गो पालिकालाई खाली बनाएपछि आफु पार्टी अध्यक्ष भएतापनि पार्टी चलाउन सक्ने अवस्था नरहेको बताए ।
यसको रिपोर्टिङ जिल्लामा थुप्रै गराएको भएपनि कुनै सुनुवाइ नभएको र पार्टी गुटमा विभाजित भएपछि आफुले यसको विरोध समेत गर्दै आएको जिसीले बताए । उनले भने अन्तिममा आएर गाउँपालिका कमिटी बैठक ४ नम्बर वडामा बस्दै गर्दा मैले राजीनामा गर्छु पार्टी चलाउन सक्दैन तपाईहरुले जसलाई अध्यक्ष बनाउनु हुन्छ बनाउनुस भनेर पार्टीको कमिटी विघटन संघीय इन्चार्ज र प्रदेश इन्चार्जको उपस्थितिमा पालिका कमिटीलाई अवगत गराएको भएतापनि अहिलेसम्म कुनै सुनुवाइ नभएको र पार्टी गुटमा बिभाजन भएको र आफू गुटको नेता बन्न नचाहेको हुँदा पार्टीबाट राजीनामा दिएको जिसीले बताए ।
त्यस्तै उनले भने एमाले अध्यक्ष केपी शर्मा ओली देशको सरकार प्रमुख हुँदै गर्दा गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा १७ जना काठमाडौं र २ जना इटहरी गरि १९ जनाको मृत्यु भएको र सयौंको संख्यामा बालबालिकाहरु घाइते भएको समयमा अध्यक्ष ओलीले मृतकलाई श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत नदिएको बताए । जिसीले भने बालबालिकालाई गोलि हानी हत्या गर्नेलाई उच्च स्तरीय छानबिन गरेर कारबाही गर्ने कुनैपनि प्रतिबद्धता समेत नजनाएर अहम्ता देखाएको देख्दा आफू निराश भएको बताए । उनले भने आफुहरु ग्रास लेबलमा अध्यक्ष भएर जिताएर पठाएको नेताहरु संवेदनहीन हुने देखेको र आफुहरु कुनै स्वार्थ लिएर पार्टी अध्यक्ष नभएको हुँदा पार्टी अध्यक्ष त्याग्न कुनै गाह्रो नभएको समेत बताए ।
यस्तै अहिले बैकल्पिक शक्तिका रुपमा अघि बढेको पार्टीलाई मुलधारमा ल्याउने र देश रबि लामिछाने, बालेन शाह,कुलमान घिसिङ जस्ता युवाहरुले चलाउन सके मात्र देशलाई निकास दिन सकिन्छ भन्ने हेतुले आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएर जनता माझ जान लागेको बताए । उनले आफ्नो योग्यता र क्षमतालाई पार्टीले मुल्यांकन गरेर उचित जिम्मेवारी दिने छ भन्ने विश्वस गरेको बताए ।
त्यस्तै राजपुर-७ को ताली खोला गाउँदेखि राम सिंह राणाको नेतृत्वमा शनिबार ३५ जना रास्वपामा प्रवेश गरेको लुम्बिनी प्रदेश सभापति देवराज पाठकले जानकारी दिए ।
