
Rks
Nsb
Ssb
Ksb
Csb
Ssb
jsb
Ppu
Rsb
Tgp
Gsb
Ksb
Usb
Ksb
Bsn

Tsb
Usb
Hl1
Ssb
Gsb

Rgu
ptl
Nps
दाङ । लुम्बिनी प्रदेशका सदस्य रेवतिरमण शर्माले विद्यालयकाे सबै प्रकारकाे विकासका लागि तीनै तहकाे सरकार लागि परेकाे बताउनु भएको छ । आर्दश नमूना माध्यमिक विद्यालय देउपुरको साेमबार सम्पन्न भएको ४५ औं वार्षिक उत्सब तथा अभिभावक दिवस समारोहको उद्धधाटन पछि आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्नु हुदै यस्ताे बताउनु भएको हाे । विद्यालयको भाैतिक रुपमा सु सम्पन्न भएर मात्रै नहुने भन्नुहुदै त्यसका लागि शिक्षाको गुणस्तर सुधार गर्न जरुरी रहेकाे बताउनु भयाे । सो सभाका प्रमुख अतिथि समेत रहनु भएका शर्माले अबकाे प्रदेश सरकारकाे मिसन भनेकाे सबै क्षेत्रबाट पछाडि पारिएको र परेकाे विद्यालयमा आर्थिक समाजिक तथा शैक्षिक तवरमा पनि सहयाेग गरिने भनाइ राख्नु भयो ।
त्यस्तै उहाँले विकट बस्ति गाउँमा रहेकाे असाध्यै पछाडि परेका विद्यालयहरुको लागि सहयाेग रहने छ भन्नू हुदै विद्यालयकाे शैक्षिक गुणस्तर सुधारमा अभिभावक,शिक्षक र विद्यार्थीहरु बढि जिम्मेवार हुने पर्ने भनाइ पनि साे अबसरमा राख्नु भएको थियाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान प्रसाद चौधरीको अध्यक्ष्यता तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य रेवतीरमण शर्माकाे प्रमुख आतिथ्यता र सो विद्यालयका निवर्तमान अध्यक्ष रेशम बहादुर खड्काकाे विशेष आतिथ्यतामा सभा सम्पन्न भएको थियाे । कार्यक्रममा विद्यालयका प्रअ शिबहरि पाेखरेलले वार्षिक आर्थिक आयव्यय प्रस्तुत तथा प्रगति प्रतिबेदन पढेर सुनाउनु भएको थियोे ।
कार्यक्रममा नेसनल प्याबसन केन्द्रीय उपाध्यक्ष भुमान्डब केसी,शिक्षक अभिभाबक संघका अध्यक्ष शिव लाल पंन्थि,अभिभावक गंगा पान्डे,प्रकाश खनाल लगायतले बाेल्नु भएको थियाे । शिक्षक प्रतिनिधि गेह राज चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक द्वय शेर बहादुर चौधरी र वसन्त राज अघिकारिले गर्नु भएको थियाे । वि.स२०३३ सालमा स्थापना भएको विद्यालयमा हाल विद्यार्थीको संख्या भने झन्डै २६ सय रहेका छन । उक्त समारोहमा नर्सरि देखि कक्षा १२ सम्मका प्रथम,दृत्य,तृतीय र विभिन्न ब्याक्तित्वहरु गरि जम्मा १३ जनाले स्थापना गर्नु भएको अक्षयकाेषबाट आउने रकमले विद्यार्थीहरुका लागि नगद,कदर पत्र सहित पुरुषकृत गरिएको थियाे भने बिच बिचमा नृत्य पनि राखिएको थियाे र विभिन्न खेलकुद प्रतियाेगितामा उत्कृष्ट स्थान हासिल गरेका भाइ बहिनीहरुलाई पनि पुरुषकृत गरिएको थियाे ।
