
Ssbus
Bksbus5
Csbus
Jsbus
gms
Gsbus
Pbu
Gsl
Rbs
Ratbs
Nssbus7
dsbus
Ddhbs
Amb

Tsm
Ksm
Wsp
Asm
Hal
Rgs
Bbu
Vor
Sls
Sbs
Rgu
Ssm
Rsb
Ggd
Pvg
Bbbpu
Gst
Rgu
nsb

Jmb
bbt
Ptm
sab
Pls
Rmb
Abd
Rpp
Gsb
Jmb
Mks
Bml
Syp
दाङ । गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीको २८ औँ वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा बिहीबार सम्पन्न भएको छ ।
गोरखा ग्रुप दाङका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद घर्तीमगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले शिक्षाले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले गुणस्तरीय शिक्षा बिना समृद्ध समाज निर्माण सम्भव नहुने धारणा समेत राखे ।
त्यस्तै विशिष्ट अतिथि बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन र मावि चौघेराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल आचार्यले विद्यार्थीको शैक्षिक उन्नति,अनुशासन र सर्वाङ्गीण विकासका लागि सबै पक्षको समन्वय अपरिहार्य रहेको बताए ।
उनिहरुले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि विद्यालय,अभिभावक तथा विद्यार्थी स्वयं सचेत र जिम्मेवार हुन आवश्यक रहेको बताउनुभएको छ । साथै उनिहरुले शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र सुधारका विषयमा आफ्ना विचार प्रस्तुत गरे ।
विद्यालयका प्रधानाध्यापक मानसिंह घर्ती मगरले स्वागत मन्तव्य दिदै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत समेत गरेका थिए । यस्तै उनले आगामी दिनहरुमा पनि सबै पक्षको सहयोग,सद्भाव र सहकार्यको अपेक्षा व्यक्त गरे । सो अवसरमा स्कुलका विद्यार्थीहरुले स्वागत गीतमार्फत अतिथिहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन,प्याब्सन जिल्ला कमिटी दाङका अध्यक्ष निर्मल न्यौपाने उपस्थित कार्यक्रममा स्कुलको वार्षिक मुखपत्र द गोरखाको विमोचन गरिएको थियो ।
यस्तै,एमबिबिएस तथा इन्जिनियरिङ अध्ययनतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने र कक्षा १ देखि १२ सम्मका उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमको सहजीकरण कोर्डिनेटर शोभाकर पन्थीले गरेका थिए ।

