
Gsl
Amb
Ssbus
syysr
Csbus
Bksbus5
Jsbus
Pbu
Syees
Ratbs
gms
Gsbus
dsbus
Ddhbs
Nssbus7
Rbs

Bbbpu
Tsm
Sls
Gst
Sbs
Hal
Ggd
Rgu
Ssm
Pvg
Rgu
Rgs
Bbu
Asm
Rsb
nsb
Wsp
Vor
Ksm

Pls
bbt
Ptm
Mks
Abd
Bml
Jmb
Syp
Rpp
Jmb
Rmb
Gsb
sab
काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए ।
त्यस्तै बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ । बैठकमा महाधिवेशन विवादबारे छलफल हुने नेताहरुले बताएका छन् ।
बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर नियमित महाधिवेशन स्थगित गरेका थिए । उनीहरुले अबको विकल्प विशेष महाधिवेशन भएको बताएका छन् ।
यस्तै महामन्त्रीद्वयले नियमित महाधिवेशन हुन नसकेको अवस्थामा पार्टी विधानको दफा १७ (२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको बताएका छन् । काङ्ग्रेससमा विशेष महाधिवेशन माग्दै गत असोज २९ गते २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएका थिए ।
त्यस्तै त्यो हस्ताक्षर अनुरुप विशेष महाधिवेशन बोलाउने/नबोलाउने जिम्मेवारी केन्द्रीय कार्यसमितिको भएको संस्थापनको तर्क छ । तर विशेष महाधिवेशन पक्षधर भने ३ महिनाभित्र वास्ता नगरेकाले आफूहरुले नै विशेष महाधिवेशन बोलाउन बाध्य भएको बताउँदै आएका छन् ।
