
dsbus
Nssbus7
Amb
Pbu
gms
Ratbs
Jsbus
Gsl
Ddhbs
Csbus
Ssbus
Bksbus5
Gsbus
Rbs

nsb
Gst
Ssm
Rgu
Rsb
Bbbpu
Wsp
Sls
Tsm
Rgs
Sbs
Vor
Hal
Asm
Bbu
Rgu
Ksm
Pvg
Ggd

Jmb
Ptm
Jmb
Syp
Pls
sab
Rmb
bbt
Gsb
Rpp
Mks
Abd
Bml
दाङ । देउखुरीको लमही स्थित देउखुरी बहुमुखी क्याम्पसको २० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
क्याम्सप संचालन समितिका अध्यक्ष लालविर खड्काको अध्यक्षता तथा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले गुणस्तरीय शिक्षा बढाउन राज्यको चिन्तित हुनुपर्ने सुझावलाई तिनै तहका सरकारले गम्भिर रुपमा लिनुपर्ने बताए । शिक्षाको गुणस्तर बढाउन राज्यको लगानी नै कमजोर रहेको उनले बताए । छोटो समयमा धेरै कमाई हुने भएपछि विद्यार्थीहरु विदेश आकर्षित भएको उनले बताए ।
‘शिक्षा र पैसा दुवैमा राम्रो हुने भन्दै अहिले १२ कक्षापछि विद्यार्थी नेपालमा बस्न चाहादैनन्,उनले भने,–। ‘विद्यार्थीलाई स्वदेशै पढाउने गरि माहोल सिर्जना गर्नुको विकल्प छैन । त्यसैले पनि सुधारको आवश्यकता छ ।’ कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले देउखुरी बहुमुखी क्याम्पस देउखुरीको शैक्षिक धरोहरको रुपमा रहेको बताए । उनले देउखुरी क्षेत्रका विद्यार्थीहरुले गाउँघर क्षेत्रमा उच्च शिक्षा हासिलको लागि पहिलो बहुमुखी क्याम्पसको रुपमा स्थापना भएको भन्दै यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिन आवश्यक रहेको भन्दै, क्याम्पसले शैक्षिक क्षेत्रको विकासमा अब्बल भूमिका निर्वाह गरेको उल्लेख गर्दै राजनीतिभन्दा माथि उठेर कार्य सम्पन्न गर्न सबैसँग आग्रह गरे ।
नगर प्रमुख चौधरीले आधुनिक र व्यावहारिक शिक्षा आजको आवश्यकता रहेको बताउनुहुदैँ, सबैको साझा गन्तव्य समृद्धि नै हो भन्दै नगर प्रमुख चौधरीले क्याम्पसका अझै भौतिक संरचना, व्यवस्थापन र शैक्षिक गुणस्तरको विकासमा जोड दिने प्रतिवद्धता जनाए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख चौधरीले क्याम्पस प्रगतितर्फ बढिरहेको, स्थापनाकालदेखि हरेक दिन व्यवस्थापन तथा शैक्षिक गुणस्तरमा जोड दिएको भन्दै देउखुरी बहुमुखी क्याम्पस देउखुरी क्षेत्रमा शैक्षिक क्रान्ति ल्याएको बताए ।
देउखुरी बहुमुखी क्याम्पस संचालन समितिका सदस्य पवन शर्मा रिजालले बजारमा बिक्ने विषय पढाउने हो भने विद्यार्थीको विदेश पलायन केही हदसम्म भएपनि रोक्न सकिने सम्भावना रहेको बताए । ‘रोजगार पाउने अवस्था भएमा विद्यार्थी टिकाउन सकिन्छ । विद्यार्थीलाई आफ्नै क्याम्पस वा स्कुलमा टिकाइरहने रणनीति अब शिक्षण संस्थाले नै बनाउनुपर्छ, उनले भने,–। ‘शैक्षिक गुणस्तर बढाउने पहिलो दायित्व सम्बन्धित शिक्षण संस्थाको हो । पछिल्लो समय त शिक्षण संस्थामा गुणस्तर कायम गर्नु भन्दा पनि विद्यार्थीको संख्या बढाउने चुनौती छ ।’
त्यस्तै कार्यक्रममा देउखुरी बहुमुखी क्याम्पसका प्रमुख शिव ओलीले वार्षिक शैक्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै,सामुदायिक क्याम्पस भएकाले सहुलियत शुल्कमा आधुनिक शिक्षा दिइएको र प्रविधिमैत्री शिक्षा प्राथमिकतामा रहेको बताए । उनले कार्यक्रममा बोल्दै क्याम्पसको भौतिक,शैक्षिक, व्यवस्थापकीय र विद्यार्थीका समस्या समाधान गर्न क्याम्पस सभा उपयोगी हुने विश्वास व्यक्त गर्दै, शिक्षा क्षेत्रको विकासमा अतुलनीय योगदान गर्नुभएका सबै अग्रजप्रति सम्मान प्रकट गरे । उनले भने ‘अन्य लक्षित कार्यक्रम जस्तो होइन देउखुुरी बहुमुखी क्याम्पसले प्रभावकारी रुपले शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामूदायिक विद्यालयप्रति आम नागरिकको विश्वास बढाउनुपर्छ । यसका लागि शिक्षक,व्यवस्थापन समिति तथा अभिभावक सबैले भूमिका महत्वपूर्ण हुन्छ ।’
गुणस्तर शिक्षामा अब्बल बन्दै देउखुरी बहुमुखी क्याम्पस
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा रहेको देउखुरी बहुमुखी क्याम्पस गुणस्तरिय शिक्षाको क्षेत्रमा अब्बल बन्दै अग्रणी क्याम्पसको रुपमा अगाडी बढ्न थालेको छ । जिल्लामा रहेका दर्जनभन्दा बढी क्याम्पस मध्ये आफूलाई गुणस्तरिय शिक्षाको क्षेत्रमा अग्रणी क्याम्पसको रुपमा अगाडी बढाउनका लागि क्याम्पसले पछिल्लो समयमा क्याम्पस बाहिर र भित्र आवश्यक वातावरण सुधार गर्ने प्रयास गरिरहेको छ । विद्यालय ब्यस्थापन समिति र शिक्षकहरुको लामो प्रयास पछि उक्त क्याम्पसले यतिबेला शैक्षिक तथा भौतिक सुधारको क्षेत्रमा जिल्लाका अन्य क्यम्पस भन्दा राम्रो काम गर्ने तर्फ अगाडी बढीरहेको छ ।
लमही नगरपालिका वडा ५,रातो डाँडा स्थित रहेको क्याम्पसले आफ्नै फराकिलो कम्पाउण्ड भित्र खेल मैदान र हरियाली रुखबिरुवा,भवन वरीपरी आधुनिक फूलबारी सँगै करेसाबारीको बीचमा रहेको क्याम्पस आफैमा सुन्दर देखिन्छ । त्यसमाथी क्याम्पसलाई सुन्दरता थप्न नियमित सरसफाईमा जुटि रहेको छन् शिक्षक र कामदारहरु । तिनै तहका सरकारको लागतमा निर्माण भएको भवन भित्र अत्याधुनिक प्रकृतिको पुस्तकालय, ल्याव, शौचालय,क्याम्पस प्रमुख,उप–प्रमुख र शिक्षकहरुका लागि पनि छुट्टा–छुट्टै कक्षको ब्यवस्था गरिएको छ ।
बैठक तथा सेमिनर कक्षको समेत ब्यवस्था रहेको छ । विद्यार्थी र शिक्षकहरुका लागि स्वस्थ र सुविधायुक्त क्यान्टिनको पनि ब्यवस्था गरिएको छ । शुद्ध खानेपानीको ब्यवस्था छ । क्याम्पस भित्र र बाहिरको अवस्थालाई अवलोकन गर्दा लाग्छ न शिक्षकहरु तनावमा छन्,नत विद्यार्थी हरुनै । वातावरण सहज छ,क्याम्पसका प्रमुख शिव ओलीले भने,–। ‘त्यसको लागि क्याम्पस ब्यवस्थापन समिति र शिक्षक साथीहरु पनि उत्तिकै मेहनत गरिरहनु भएको छ । देउखुरी बहुमुखी क्याम्पसका लागि आवश्यक सहयोग गर्न लमही नगरपालिका,प्रदेश सरकार र विश्वविद्यालय अनुदान आयोगसँग पनि उत्तिकै गरिरहेका छौँ ।
क्याम्पसका उपाध्यक्ष प्रकाश कुमार जिसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा स्ववियु सभापती मिलन चौधरी,क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष रेशम बहादुर खड्का, क्याम्पसका संस्थापक अध्यक्ष दिलिप राज खनाल, त्रिवि प्रतिनिधि तिर्थराज न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रममा आर्थिक प्रतिवेदन क्याम्पसका कोषाध्यक्ष मिना गुरुङ्ले प्रस्तुत गरेकि थिइन् भने कार्यक्रमको सहजिकरण क्याम्पसका सामान्य प्रशासन शाखा प्रमुख गोमा कवरले गरेकि थिइन् ।
