
Ssbus
Gsl
Gsbus
Syees
Jsbus
Rbs
dsbus
Bksbus5
Nssbus7
Csbus
syysr
Amb
Ddhbs
Pbu
Ratbs
gms

Pvg
nsb
Rgu
Bbu
Rgu
Rgs
Bbbpu
Ssm
Hal
Ggd
Sbs
Gst
Tsm
Ksm
Asm
Sls
Wsp
Vor
Rsb

Pls
sab
Abd
Bml
Gsb
Ptm
Syp
Jmb
Jmb
Rpp
Rmb
Mks
bbt
काठमाडौँ । आज प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच निर्वाचनबारे छलफल हुने भएको छ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप आज प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् ।
शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए । साथै मन्त्री खरेलले शनिबार ४ बजे तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले भेटवार्ता र छलफल गर्ने कार्यक्रम राखेको जानकारी गराएका थिए ।
त्यस्तै यसअघि मन्त्री खरेलसहित कानुन मन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनमा क्षति भएका राजनीतिक दलका कार्यालयको अनुगमन र दलका नेताहरुसँग कुराकानी गरेका थिए । पुस ८ र ९ गते एमाले,कांग्रेस,नेपाली कम्युनिस्ट पार्टी, रास्वपा,राप्रपा र जनमत लगायत पार्टीका कार्यालय पुगेर स्थलगत अनुगमन गरेका मन्त्री खरेलले त्यसलगत्तै प्रमुख दलका शीर्ष नेतालाई निवासै पुगेर निर्वाचनको वातावरण बनाउने प्रयासलाई निरन्तरता दिएका हुन् ।
यस्तै सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरेपनि दलहरुले शान्ति सुरक्षा लगायतमा प्रश्न उठाउँदै आएका छन् । खासगरी नेकपा एमालेले यसबारे प्रश्न उठाइरहेका बेला सरकारका मन्त्रीहरु नेता र पार्टी कार्यालय पुगेर निर्वाचनको वातावरण बनाउने प्रयत्नमा लागेका हुन् ।रातोपाटी
