
Ggp
Sgp
Dus
Usb
lnp
Lnp
Ggp
Lks
Jns
Rgp
Rgp
Asb
ksb
Rgp
Rgp

lms

काठमाडौँ । एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।
बुधबार बसेको बैंक सञ्चालक समितिको ७४४औं बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएको बैंकको भनाइ छ । उनको नेतृत्वमा बैंकले थप उचाइ प्राप्त गर्ने बैंकको विश्वास छ । रातोपाटी
