
Sgr
pku
Ses
Djs
Srbpu
cjs
Rgp
Pbu
Rgp1
Ggp
Gfs
Lnp
Unsku
Pes

Ggd
Bbu
Pvg
nsb
Hal
Sls
Sbs
Gst
Ksm
Ssm
Rgs
Wsp
Rgu
Rsb
Rgu
Asm
Tsm
Vor
Bbbpu

Jmb
Rmb
Abd
Pls
sab
Jmb
Ptm
Gsb
Bml
Rpp
Syp
bbt
Mks
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेर फरार रहेका कैदी पक्राउ परेका छन् ।
फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर अहिले काठमाडौं ल्याइएको नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।
उक्त घटना १३ असोजको हो । मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका थिए । २५ वर्षीय उनै तामाङलाई फरार कैदी मगरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पूरानो रिसईबीका कारण हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।
त्यस्तै लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका उनी २४ भदौमा जेन–जीको आन्दोलनका क्रममा कारागार तोडफोड गर्दै भागेका थिए । हत्यापछि उनी फरार थिए । घटनास्थल वरपरेको सीसीटीभी फुटेज र लगायत प्राविधिक, म्यानुअल अनुसन्धानबाट हत्यामा फरार कैदी मगरको संलग्नता देखिएको थियो ।
