Sidha Patra बुधबार, पुष ०९, २०८२

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेर फरार रहेका कैदी पक्राउ परेका छन् ।

फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर अहिले काठमाडौं ल्याइएको नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

उक्त घटना १३ असोजको हो । मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका थिए । २५ वर्षीय उनै तामाङलाई फरार कैदी मगरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पूरानो रिसईबीका कारण हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।

त्यस्तै लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका उनी २४ भदौमा जेन–जीको आन्दोलनका क्रममा कारागार तोडफोड गर्दै भागेका थिए । हत्यापछि उनी फरार थिए । घटनास्थल वरपरेको सीसीटीभी फुटेज र लगायत प्राविधिक, म्यानुअल अनुसन्धानबाट हत्यामा फरार कैदी मगरको संलग्नता देखिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]