
Unsku
Pbu
cjs
Ggp
pku
Pes
Djs
Lnp
Rgp1
Srbpu
Ses
Sgr
Gfs
Rgp

Gst
nsb
Pvg
Ssm
Ggd
Wsp
Rgu
Vor
Sls
Rsb
Rgu
Hal
Asm
Bbu
Bbbpu
Tsm
Rgs
Sbs
Ksm

Rpp
Rmb
Mks
Pls
sab
bbt
Bml
Syp
Jmb
Abd
Gsb
Ptm
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका कर्मचारीहरुले स्थापना गरेको कर्मचारी परिवार कल्याण कोषमार्फत मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
कोभिड–१९ महामारीको समयमा गाउँपालिकाका कर्मचारीहरुले आपसी सहयोगको उद्देश्यले स्थापना गरेको कर्मचारी परिवार कल्याण कोषबाट राप्ती गाउँपालिका–२,बराखुट्टी निवासी ५१ वर्षीय मृगौला पीडित लिलाधर परियारलाई ६ हजार रुपैयाँ नगद आर्थिक सहयोग गरिएको हो । आर्थिक अभावका कारण थप उपचारमा समस्या भएपछि पीडित परिवारले सहयोगको अपिल गरेपछि कर्मचारी परिवार कल्याण कोषमार्फत उक्त सहयोग उपलब्ध गराइएको जनाइएको छ ।
त्यस्तै पालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य,प्रशासन शाखा प्रमुख विकास ज्ञवाली,विपद व्यवस्थापन शाखा प्रमुख सुवास भट्टराई तथा सूचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङको उपस्थितिमा पीडित परियारकी छोरी सुनिता परियारलाई उक्त रकम हस्तान्तरण गरिएको थियो।
यस्तै राप्ती गाउँपालिकाका कर्मचारीहरुले सञ्चालन गर्दै आएको कर्मचारी परिवार कल्याण कोषबाट यसअघि पनि विपन्न तथा आर्थिक रूपमा कमजोर भई विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको बताइएको छ ।
