
Sgp
lnp
ksb
Asb
Rgp
Rgp
Ggp
Rgp
Jns
Rgp
Usb
Lnp
Lks
Ggp
Dus

lms

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका कर्मचारीहरुले स्थापना गरेको कर्मचारी परिवार कल्याण कोषमार्फत मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
कोभिड–१९ महामारीको समयमा गाउँपालिकाका कर्मचारीहरुले आपसी सहयोगको उद्देश्यले स्थापना गरेको कर्मचारी परिवार कल्याण कोषबाट राप्ती गाउँपालिका–२,बराखुट्टी निवासी ५१ वर्षीय मृगौला पीडित लिलाधर परियारलाई ६ हजार रुपैयाँ नगद आर्थिक सहयोग गरिएको हो । आर्थिक अभावका कारण थप उपचारमा समस्या भएपछि पीडित परिवारले सहयोगको अपिल गरेपछि कर्मचारी परिवार कल्याण कोषमार्फत उक्त सहयोग उपलब्ध गराइएको जनाइएको छ ।
त्यस्तै पालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य,प्रशासन शाखा प्रमुख विकास ज्ञवाली,विपद व्यवस्थापन शाखा प्रमुख सुवास भट्टराई तथा सूचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङको उपस्थितिमा पीडित परियारकी छोरी सुनिता परियारलाई उक्त रकम हस्तान्तरण गरिएको थियो।
यस्तै राप्ती गाउँपालिकाका कर्मचारीहरुले सञ्चालन गर्दै आएको कर्मचारी परिवार कल्याण कोषबाट यसअघि पनि विपन्न तथा आर्थिक रूपमा कमजोर भई विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको बताइएको छ ।
