
Ggp
Pes
Gfs
cjs
Rgp1
Lnp
Ses
Sgr
Unsku
Srbpu
pku
Djs
Rgp
Pbu

Wsp
Gst
Rgu
Bbu
Bbbpu
Hal
Rsb
Sbs
Sls
Ggd
Vor
Pvg
Rgs
Tsm
Ssm
Rgu
Asm
Ksm
nsb

Abd
Ptm
sab
Syp
Gsb
Pls
Jmb
Rmb
Mks
Bml
Rpp
Jmb
bbt
हुम्ला । जमुना-हिल्सा जोड्ने कर्णाली करिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०९२४ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो।
त्यस्तै रास्कोट नगरपालिका- ८ अन्तर्गत पर्ने करिडोरको ‘नडी’ भन्ने स्थानमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका छ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी तीन जनाको अवस्था मध्यम रहेको प्रत्यक्षदर्शी प्रभाखर बरालले जानकारी दिए ।
यस्तै घाइतेहरुको हालसम्म पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार घाइतेहरूको उद्धार प्रयास जारी छ। घटनास्थल दुर्गम भएकाले प्रहरी पुग्न समय लागेको र त्यसका कारण उद्धारमा ढिलाइ भएको बरालले बताए । प्रहरीले भने सान्तिघाट र थिर्पु दुवै तर्फबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको र उद्धार कार्य भइरहेको जनाएको छ ।देशसञ्चार
