
Rgp
Asb
Dus
Rgp
lnp
Rgp
Ggp
Rgp
ksb
Jns
Ggp
Lnp
Sgp
Usb
Lks

lms

हुम्ला । जमुना-हिल्सा जोड्ने कर्णाली करिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०९२४ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो।
त्यस्तै रास्कोट नगरपालिका- ८ अन्तर्गत पर्ने करिडोरको ‘नडी’ भन्ने स्थानमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका छ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी तीन जनाको अवस्था मध्यम रहेको प्रत्यक्षदर्शी प्रभाखर बरालले जानकारी दिए ।
यस्तै घाइतेहरुको हालसम्म पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार घाइतेहरूको उद्धार प्रयास जारी छ। घटनास्थल दुर्गम भएकाले प्रहरी पुग्न समय लागेको र त्यसका कारण उद्धारमा ढिलाइ भएको बरालले बताए । प्रहरीले भने सान्तिघाट र थिर्पु दुवै तर्फबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको र उद्धार कार्य भइरहेको जनाएको छ ।देशसञ्चार
